काठमाण्डौ । मंगलबार सेयर बजारमा कारोबार खुलेको ३ मिनेटमै २ अर्बको कारोबार भएको छ ।
उछालको गतिमा खुलेको बजारमा प्रफिट बुकको दवाब पनि उस्तै देखिँदा मात्र २ मनिेटमा डेढअर्ब बढीको कारोबार भएको देखिएको हो ।
ङादी ग्रुप पावर लिमीटेड, अपर तामाकोशी, शिवश्री हाइडो लगायतका कम्पनीले २ मिनेटमै निकै ठूलो कारोबार गरेका छन् ।
यो समाचार तयार पार्दासम्म नेप्से २५ अंकले घटेको छ भने १५२ कम्पनीको सेयरमूल्य घटेको छ । ९७ कम्पनीको मूल्य बढ्दा १० कम्पनी स्थिर अवस्थामा देखिएका छन् ।

