सोमबार, श्रावण ११,२०८३ 12:33:35
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 12:33:35
Bizshala
Global IME Bank Limited

आजपनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

आजपनि बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?
New Office

काठमाण्डौ । आज स्थानीय बजारमा सुनको मूल्य आजपनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ।

जुन अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले बढी हो । आइतबार सुनको प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनको मूल्य १० ग्राममा पनि वृद्धि भएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ भने अघिल्लो दिन २ लाख ४६ हजार १४० रुपैयाँ रहेको थियो।

यता, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा माग र आपूर्तिको प्रभावले नेपाली बजारमा समेत मूल्य परिवर्तन भएको हो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.