काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र बाँडफाँड भएको मितिले ६ महिनाभित्र योजनाको निर्धारित समयावधि समाप्त हुने अवस्थामा लक–इन अवधि समाप्त हुने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाबमोजिम रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको उक्त सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।

