काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा डा. नहकुल केसी चयन भएका छन्। संस्थाको सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. केसीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नवगठित सञ्चालक समितिका सदस्यहरूलाई सोही २३ औँ बैठकमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ।
नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक प्रेमराज पोख्रेलले नवनियुक्त सञ्चालकहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। सपथ लिने सञ्चालकहरुमा डा.केसीसहित प्रेमराज पोखरेल, सचिता पराजुली, माणिकरत्न पराजुली र प्रमोद ज्ञवाली रहेका छन् ।

