शुक्रबार, श्रावण १५,२०८३ 06:21:41
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 06:21:41
Bizshala
Global IME Bank Limited

सिरहा घटनाका पीडित परिवारसँग वार्ता गर्न मधेशतर्फ गए गृहमन्त्री

सिरहा घटनाका पीडित परिवारसँग वार्ता गर्न मधेशतर्फ गए गृहमन्त्री
New Office

काठमाण्डौ । देवानगञ्ज गोलीकाण्डका पीडित परिवारसँग सहमति गरेपछि गृहमन्त्री सुधन गुरुङ मधेशतर्फ लागेका छन्। सुनसरीमा भएको घटनाको समाधानका लागि सातबुँदे सहमति जुटाएपछि उनी सिरहा घटनाका मृतक परिवारसँग पनि संवाद गर्न त्यसतर्फ गएको प्रहरीले जनाएको छ।

गृहमन्त्री गुरुङले हिजो सुनसरी पुगेर देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग राति अबेरसम्म छलफल गरेका थिए। लामो वार्तापछि पीडित परिवार र सरकारबीच सातबुँदे सहमति भएको थियो।

सहमति भएसँगै मृतक परिवारले आज शव बुझ्ने वातावरण बनेको थियो। तर, सिरहामा भएको घटनामा मृत्यु भएका व्यक्तिका परिवारसँग पनि सरकारले सहमति गर्नुपर्ने माग उठेपछि गृहमन्त्रीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गरेका हुन्।

प्रदेश प्रहरी कार्यालय कोशीमा बिहान करिब साढे ६ बजे पुगेका गृहमन्त्री गुरुङ दिउँसो करिब ३ बजे सिरहा–सप्तरी क्षेत्रतर्फ प्रस्थान गरेका थिए। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.