शुक्रबार, श्रावण १५,२०८३ 07:26:07
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 07:26:07
Bizshala
Global IME Bank Limited

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५% नाघ्यो

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५% नाघ्यो
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । २०८३ असार मसान्तसम्ममा ३ खर्ब ८५ करोड थप बृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७४ अर्ब ९० करोड पुगेको हो । आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

२०८३ असार मसान्तसम्मको कुल सार्वजनिक ऋण दायित्व कुल गार्हस्थ उत्पादनको ४५.०७ प्रतिशत हुन आउँदछ । यसमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत रहेको छ । आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत हुन आउँदछ ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ४ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सार्वजनिक ऋणको ३ खर्ब १३ अर्ब ३१ करोड रुपैयाँ व्याज बाहेकको साँवा भुक्तानी भएको हो ।      

नेपालको कुल ऋण दायित्व २९ खर्ब ७४ अर्ब रुपैयाँ पुग्यो

नेपालको कुल आन्तरिक ऋण दायित्व १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण प्राप्ति भएको छ । यस अवधिमा आन्तरिक ऋणको २ खर्ब ५१ अर्ब ४७ करोड रुपैयाँ व्याज बाहेकको साँवा भुक्तानी भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल आन्तरिक ऋण दायित्व १२ खर्ब ६८ अर्ब २२ करोड रुपैयाँ पुगेको थियो । नेपालको बाह्य ऋण दायित्व १५ खर्ब ९९ अर्ब ४८ करोड पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ८८ अर्ब ५० करोड बाह्य ऋण प्राप्ति भएको छ ।

यस अवधिमा बाह्य ऋणको ६१ अर्ब ८४ करोड रुपैयाँ व्याज बाहेकको साँवा भुक्तानी भएको छ । आर्थिक वर्ष २०८२र८३ को सुरुमा बाह्य ऋण दायित्व १४ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ थियो ।

२०८३ असार मसान्तसम्म ४ खर्ब ४७ अर्ब सार्वजनिक ऋण प्राप्त

आर्थिक वर्ष २०८२८३ मा कुल सार्वजनिक ऋण परिचालनको लक्ष्य ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ राखेको थियो । २०८३ असार मसान्तसम्म कुल ऋण प्राप्ति ४ खर्ब ४७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । लक्ष्यको ७५।०७ प्रतिशत सार्वजनिक ऋण प्राप्ति गरेको छ । बाँकी १ खर्ब ४८ अर्ब ४९ करोड रुपैयाँ ऋण प्राप्ति गर्न बाँकी छ ।

आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण प्राप्ति गरेको छ । यस अवधिमा लक्षित आन्तरिक ऋण परिचालन ३ खर्ब ६२ अर्ब रहेको छ । लक्षित आन्तरिक ऋणको ९९।०८ प्रतिशत प्राप्ति गरेको छ । लक्ष्यको ३ अर्ब ३३ करोड आन्तरिक ऋण प्राप्ति गर्न बाँकी छ ।

आर्थिक वर्ष २०८२/८३ मा ८८ अर्ब ५० करोड रुपैयाँ बाह्य ऋण प्राप्ति गरेको छ । यस अवधिमा लक्षित बाह्य ऋण परिचालन २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । लक्ष्यको ३७.८८ प्रतिशत बाह्य ऋण प्राप्ति गरेको छ । लक्ष्यको १ खर्ब ४५ अर्ब १६ करोड रुपैयाँ बाह्य ऋण प्राप्ति गर्न बाँकी छ ।

२०८३ असार मसान्तसम्म ८०.२१ प्रतिशत आन्तरिक ऋण प्राप्ति भएको छ भने १९.७९ प्रतिशत बाह्य ऋण प्राप्ति भएको हो । लक्ष्यको ९९.०८ प्रतिशत आन्तरिक ऋण प्राप्ति गरेको छ । लक्ष्यको ३७.८८ प्रतिशत बाह्य ऋण प्राप्ति गरेको हो ।

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशत नाघ्यो

२०८३ असार मसान्तसम्म ३ खर्ब ८६ अर्ब २२ करोड सार्वजनिक ऋण सेवाको साँवा र व्याज भुक्तानी भएको छ । आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन भएको हो । यो वार्षिक बजेट विनियोजनको आधारमा ९३.९७ प्रतिशत हो ।

२०८३ असार मसान्तसम्म कुल गार्हस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ५.८५ प्रतिशत रहेको छ । २०८३ असार मसान्तसम्म ३ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी भएको छ । आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक ऋण भुक्तानीमा ३ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन भएको हो । कुल गार्हस्थ उत्पादनको आधारमा कुल आन्तरिक ऋण भुक्तानी ४.७३ प्रतिशत रहेको छ ।

२०८३ असार मसान्तसम्म ९०.८० प्रतिशत आन्तरिक ऋण भुक्तानी भएको छ । २०८३ असार मसान्तसम्म आन्तरिक ऋणको २ खर्ब ५० अर्ब ५६ करोड रुपैयाँ साँवा भुक्तानी भएको छ भने ६१ अर्ब ३७ करोड व्याज भुक्तानी भएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक ऋणको साँवा भुक्तानीका लागि २ खर्ब ५० अर्ब ५९ करोड बजेट विनियोजन भएको छ भने व्याज भुक्तानीका लागि ८३ अर्ब ३४ करोड बजेट विनियोजन भएको हो । कुल गार्हस्थ उत्पादनका आधारमा आन्तरिक ऋण भुक्तानीको साँवा भुक्तानी ३.८० प्रतिशत हो भने व्याज भुक्तानीको ०.९३ प्रतिशत हो ।

२०८३ असार मसान्तसम्म ७४ अर्ब २८ करोड बाह्य ऋण भुक्तानी भएको छ । आर्थिक वर्ष २०८२/८३ मा बाह्य ऋण भुक्तानीमा ७७ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको हो । २०८३ असार मसान्तसम्म बाह्य ऋणको ६१ अर्ब ८४ करोड साँवा भुक्तानी भएको छ भने १२ अर्ब ४४ करोड व्याज भुक्तानी भएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा ६२ अर्ब ८६ करोड साँवा भुक्तानीका लागि बजेट विनियोजन गरेको छ भने १४ अर्ब २१ करोड व्याज भुक्तानीका लागि बजेट विनियोजन भएको हो । कुल गार्हस्थ उत्पादनको आधारमा बाह्य ऋण भुक्तानीको साँवा ०.९४ प्रतिशत र व्याज भुक्तानीको ०.१९ प्रतिशत रहेको छ ।

२०८३ असार मसान्तसम्म बाह्य र आन्तरिक ऋणको कुल साँवा ३ खर्ब १२ अर्ब ४० करोड भुक्तानी भएको छ भने ७३ अर्ब ८२ करोड व्याज भुक्तानी भएको हो । आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक र बाह्य ऋणको साँवा भुक्तानीका लागि ३ खर्ब १३ अर्ब ४५ करोड साँवा भुक्तानी र ९७ अर्ब ५५ करोड व्याज भुक्तानीका लागि बजेट विनियोजन गरेको हो ।

नेपालको कुल सेयर तथा ऋण लगानी ९ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ पुग्यो

नेपालको २०८३ असारसम्म कुल सेयर लगानी ४ खर्ब १० अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कुल ऋण लगानी ५ खर्ब ५५ अर्ब २५ करोड रुपैयाँ रहेको छ । नेपालको कुल सेयर र ऋण लगानी ९ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०८२/८३ को सुरुमा नेपालको सेयर लगानी ४ खर्ब ४ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । यही अवधिमा ऋण लगानी ५ खर्ब २६ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल सेयर र ऋण लगानी ९ खर्ब ३० अर्ब ८८ करोड रहेको थियो ।

२०८३ असारको सेयर लगानी २ अर्ब ६२ करोड २० लाख रुपैयाँ रहेको छ । यस अवधिमा १० अर्ब ९५ करोड ८७ लाख ऋण लगानी भएको हो । २०८३ साल असारमा कुल सेयर र ऋण लगानी १३ अर्ब ५८ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.