काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ३ अर्ब ७५ करोड रुप्ौयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, कोहीनुर सेक्युरिटिज र ओपल सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, नबिल स्टक डिलर र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट ६६ करोड ४५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५७.७७ प्रतिशत सेयर खरिद भएको छ भने ४२.२३ प्रतिशत सेयर बिक्री भएको छ ।


