काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि तोलामा १८५ रुपैयाँ गिरावट आएको छ । महासंघका अनुसार आजको लागि चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँ रहेको थियो ।

