Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल लाइफद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना, विश्वकै ठूलो एक्चुरियल समूहका पार्टनर उपस्थित

Global IME Bank Limited
नेपाल लाइफद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना, विश्वकै ठूलो एक्चुरियल समूहका पार्टनर उपस्थित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्ने अभिप्रायका साथ विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा होटल एम्बेसडरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरु, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्स्योरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको बताए । यस किसिमको विचार मन्थनगर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तरास्ट्रिय स्तरमा भईरहेका विकाश क्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने उनले बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बीमाप्राधिकरणका अध्यक्ष सुर्य प्रसादसिलवालले यस विशेष आयोजनका निम्ति कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उनले अहिले बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहल कदमीहरु चालिरहेको बताए ।  संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोहि क्षेत्रमा प्रत्क्षय रूपमा काम गरि रहेका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको सिलवालले बताए । बीमा बजारको विकाशका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता उनले व्यक्त गरे ।    

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा नेपाल लाइफका एक्चुअरी फिलिपज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर,समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएका थिए ।  

साथै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत उनले प्रकाश पारेका थिए ।  

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचार राख्दै अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा वर्णन गरेका थिए । यसका साथसाथै उहाँले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्याउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरू सँग दाजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने सल्लाह दिएका थिए । सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्शनले दिएका थिए  ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.