शुक्रबार, मंसिर १२,२०८२ 08:38:57
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 08:38:57
Bizshala
Global IME Bank Limited

ध्वस्त भाटभटेनी उठ्ने प्रयासमा, अधिकांश स्टोर बैशाखभित्र सञ्चालनमा आइसक्ने

Hyundai Nepal
ध्वस्त भाटभटेनी उठ्ने प्रयासमा, अधिकांश स्टोर बैशाखभित्र सञ्चालनमा आइसक्ने
Shivam Cement

काठमाण्डौ । जेन-जी आन्दोलनका क्रममा भएको विध्वंशको सबैभन्दा ठूलो मार व्यहोरेको भाटभटेनी सुपरमार्केटले जलेर ध्वस्त भएका आफ्ना अधिकांश आउटलेटहरु आगामी बैशाखभित्र पुनः सञ्चालनमा ल्याइसक्ने भएको छ ।  

आन्दोलनका क्रममा भवनसहित जलेर ध्वस्त भएका १२ स्टोरमध्ये ११ वटा स्टोरलाई पूर्ववतः अवस्थामा पुर्याई २०८३ बैशाखदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको हो । क्षतिग्रस्त अन्य स्टोरहरु भने सञ्चालनमा आइसकेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

भाटभटेनी सुपरमार्केटका प्रतिनिधि पानु पौडेलले बिजशालासँग कुरा गर्दै नक्सालबाहेकका भाटभटेनी आउटलेटहरु बैशाख, २०८३ देखि पूर्ववत अवस्थामा पुनः सञ्चालनमा ल्याउने गरी पुननिर्माणका कामहरु धमाधम भइरहेको जानकारी दिए ।  

'नक्सालस्थित आउटलेटलाई भने आगामी भदौसम्ममा पुनः सञ्चालनमा ल्याउने योजना छ ।' उनले भने- 'बाँकी भवनसहित ध्वस्त भएका सबै आउटलेटहरुमा पुननिर्माणको काम तीव्र गतिमा भएकोले बैशाखभित्र पुनः सञ्चालनमा ल्याइसक्छौं ।'  

जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभरका २१ वटा आउलटेल(शाखा)मा क्षति पुगेको थियो । त्यसमध्ये १२ वटा आउटलेटमा भएको आगजनीका कारण भवनसहित सुपरस्टोर ध्वस्त बन्न पुगेको थियो । टोखा, सात दोबाटो, अनामनगर, सानागाउँ, यूनाइटेड टेड सेन्टर, पाटन र नेपालगञ्जमा रहेका स्टोरहरु पूर्ण रुपमा सुरक्षित रहे ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

भवनसहित पूर्ण रुपमा क्षतिग्रस्त भएका स्टोरहरुमा टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस, पोखरा, चितवन, हेटौडा, विर्तामोड, दमक, विराटनगर र धरान रहेका छन् ।  

भवन तोडफोड तथा लुटपाट भएका शाखाहरुमा कलंकी, ठिमी, बालाजु,  जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा रहेका छन् ।  

सो क्रममा भाटभटेनीले देशभर झण्डै ११ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्न पुगेको थियो ।  

अधिकांश आउटलेट आन्दोलन र अराजकताको शिकार भए पनि भाटभटेनीले तत्कालै पुनः उठ्ने घोषणा गर्दै देशभरका व्यापारी व्यवसायीको गिरेको मनोबल उकास्ने काममा ठूलो भूमिका खेलेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले समेत प्रशंसा गरेकी थिइन् । भाटभेटनीले जलेर ध्वस्त भएका तथा क्षतिग्रस्त भएका शाखाका कुनै पनि कर्मचारीलाई हालसम्म कामबाट निकालेको छैन । उसले विषम परिस्थितिका बाबजुद आफ्ना सबै कर्मचारीलाई दशैं बोनस समेत दिएर उदाहरणीय काम गरेको थियो ।  

निकै ठूलो क्षति व्यहोर्दा पनि भाटभेटनीका सञ्चालक मीनबहादुर गुरुङले उच्चपदस्थ सरकारी अधिकारीहरुसँगका भेटमा 'आवश्यक परेको खण्डमा राज्यका लागि आफू सबै सम्पत्ति दान गर्न समेत तयार' रहेको भन्दै उदारता प्रदर्शन गर्दै आएका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.