काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २४.०७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकले नाफा घटेतापनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले ४ अर्ब ८६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत १ अर्ब १७ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी भने १०.४६ प्रतिशतले घटेर ५ अर्ब २४ करोड रुपैयाँमा सीमित बनेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको रिजर्भको आकार १२.९८ प्रतिशतले बढेर १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक बनेको छ ।
बैंकको खराब कर्जा अनुपात पनि ५.०६ प्रतिशतबाट बढेर ७.९४ प्रतिशत पुगेको छ । बैंकका निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । निक्षेप संकलन ३ खर्ब ४२ करोडबाट घटेर ३ खर्ब ४० अर्बमा सीमित बनेको छ । यस्तै अघिल्लो आवमा २ खर्ब २५ अर्ब रहेको कर्जा प्रवाह २ खर्ब २७ अर्ब पुगेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२७ गुणा र तरलता अनुपात ३९.३१ प्रतिशत कायम भएको छ ।

