काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात ५.६७ प्रतिशतबाट घटेर ५.५० प्रतिनशत कायम भएको छ ।
यस्तै बैंकको कस्ट अफ फण्ड समेत ३.६४ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा कस्ट अफ फण्ड ५.०५ प्रतिशत रहेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ खर्ब ६७ अर्ब रहेको बैंकको निक्षेप संकलन बढेर ३ खर्ब ८४ अर्ब पुगेको छ । यस्तै कजौ प्रवाह पनि २ खर्ब ७४ अर्बबाट बढेर २ अर्ब ८७ करोड पुगेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यद्यपी बैंक समीक्षा अवधिमा २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य भएको छ । अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा समेत ८४ करोड २७ लाख रुपैयाँले ऋणात्मक बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६६.२३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५.९५ गुणा ऋणात्मक र तरलता अनुपात २९.३० प्रतिशत कायम भएको छ ।

