बिहीबार, असार ११,२०८३ 06:27:27
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:27:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टेस्लाको वार्षिक आम्दानी पहिलोपटक घट्यो, मोडल ‘एस’ र ‘एक्स’को उत्पादन बन्द गरेर एआई र रोबोटिक्समा केन्द्रित हुँदै

Laxmi Sunrise Bank Limited
टेस्लाको वार्षिक आम्दानी पहिलोपटक घट्यो, मोडल ‘एस’ र ‘एक्स’को उत्पादन बन्द गरेर एआई र रोबोटिक्समा केन्द्रित हुँदै

काठमाण्डौ । विद्युतीय सवारी साधन निर्माता टेस्लाले आफ्नो इतिहासमै पहिलोपटक वार्षिक आम्दानी घटेको जनाएको छ। कम्पनीका अनुसार सन् २०२५ मा कुल आम्दानी ३ प्रतिशतले घटेको छ भने वर्षको अन्तिम तीन महिनामा नाफा ६१ प्रतिशतले कमी आएको छ।

अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्ला अब एआई र रोबोटिक्स क्षेत्रमा बढी केन्द्रित हुने दिशामा अघि बढिरहेको छ। यसैक्रममा कम्पनीले आफ्नो लोकप्रिय मोडेल एस र मोडेल एक्स सवारी साधनको उत्पादन अन्त्य गर्ने घोषणा गरेको छ। क्यालिफोर्नियामा रहेको उक्त उत्पादन केन्द्र अब टेस्लाको मानवरूपी रोबोट ‘अप्टिमस’ उत्पादनका लागि प्रयोग गरिनेछ।

यस वर्षको जनवरीमा चीनको बीवाईडी कम्पनीले टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता बनेको थियो। यता, एलन मस्कको अमेरिका तथा अन्तर्राष्ट्रिय राजनीतिमा सक्रिय सहभागिता पनि विवादास्पद बन्दै गएको छ, जसको असर टेस्लाको ब्रान्ड छविमा परेको विश्लेषकहरू बताउँछन्।

New Office
CG Motors
Garima Development Bank

तर यो निर्णय त्यतिबेला आएको हो, जब टेस्लाका सेयरधनीहरूले एक्सएआईमा लगानी गर्ने प्रस्तावमा हालै मतदान गरेका थिए। उक्त मतदानमा समर्थन गर्नेभन्दा विरोध गर्ने र तटस्थ बस्ने सेयरधनीको संख्या बढी थियो।

गत वर्ष, टेस्लाका लगानीकर्ताहरूले एलन मस्कलाई लगभग १ ट्रिलियन अमेरिकी डलर बराबर हुन सक्ने कीर्तिमानी तलब प्याकेज प्रदान गर्न व्यापक समर्थन जनाएका थिए। उक्त पारिश्रमिक प्राप्त गर्न मस्कले आगामी १० वर्षभित्र कम्पनीको बजार मूल्य अत्यधिक बढाउनुपर्नेछ।

यसैबीच, टेस्लाले आगामी वर्ष करिब २० अर्ब अमेरिकी डलर बराबरको ठूलो पूँजीगत खर्च गर्ने तयारी गरेको जनाएको छ। यी घोषणापछि टेस्लाको सेयर मूल्य कारोबारपछिको समयमा करिब २ प्रतिशतले वृद्धि भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मस्कको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा देखिएको उच्च–प्रोफाइल लागत कटौतीसम्बन्धी भूमिकाले पनि विवाद निम्त्याएको छ। उनका राजनीतिक गतिविधिहरूले टेस्लाका केही ग्राहकहरू असन्तुष्ट भएका छन्, जसका कारण विश्वका विभिन्न स्थानमा टेस्लाका शोरूम अगाडि विरोध प्रदर्शनसमेत भएका छन्।

यसैबीच, ट्रम्प प्रशासनले गैर–जीवाश्म इन्धनमा आधारित सवारी साधनका लागि दिइँदै आएका केही सरकारी अनुदान फिर्ता लिएको छ, जसले टेस्लाको ईभी रणनीतिमा थप दबाब सिर्जना गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.