बिहीबार, असार ११,२०८३ 08:46:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:46:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वका शीर्ष स्टक एक्सचेञ्जबाट रणनीतिक साझेदार ल्याउन र नेप्सेको चुक्तापूँजी ३ अर्ब पुर्याउन सुझाव

Laxmi Sunrise Bank Limited
विश्वका शीर्ष स्टक एक्सचेञ्जबाट रणनीतिक साझेदार ल्याउन र नेप्सेको चुक्तापूँजी ३ अर्ब पुर्याउन सुझाव

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आधुनिक, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरको दोस्रो बजार सञ्चालन संस्था बनाउन पुनर्संरचना प्रस्ताव पेश भएको छ। नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठित समितिले नेप्सेको पुँजी वृद्धि, स्वामित्व संरचना सुधार, सञ्चालक समिति पुनर्संरचना र प्रविधि आधुनिकीकरणमा व्यापक सुझावहरू पेश गरेको छ।

प्रतिवेदनअनुसार, नेप्सेको चुक्तापूँजी ३ अर्ब रुपैयाँ पुर्याउने र भविष्यमा प्रविधि तथा पूर्वाधार सुधारका लागि थप लगानी गर्न हकप्रद वा नयाँ सेयर जारी गर्ने विकल्प राखिएको छ।

New Office
CG Motors
Garima Development Bank

यस्तै समितिले रणनीतिक साझेदार भित्राउने सुझाव समेत दिएको छ । विश्वका शीर्ष २० स्टक एक्सचेञ्जबाट रणनीतिक साझेदार ल्याएर नेप्सेको प्राविधिक र व्यवस्थापकीय क्षमता वृद्धि गर्ने सुझाव गरिएको छ। साझेदारलाई १५–२५ प्रतिशत स्वामित्व दिइने र कम्तीमा १० वर्ष लक–इन अवधि कायम गर्नुपर्ने सुझाव दिइएको छ । 

सरकारी स्वामित्वको क्रमशः विनिवेश पनि प्रतिवेदनको अर्को प्रमुख अङ्क हो। यसअन्तर्गत सरकारको स्वामित्व आंशिक वा पूर्ण रूपमा घटाउने विकल्प राखिएको छ। 

पहिलो विकल्पमा आंशिक बिक्रीको विकल्प पेश गरिएका्े छ । जसमा सरकारको २५ प्रतिशत स्वामित्व कायम राखेर बाँकी रणनीतिक साझेदार र अन्य क्षेत्रलाई बिक्री गर्न सुझाइएको छ। अर्कोमा पूर्ण बिक्रीको विकल्प दिइएको छ । जसमा सरकारको स्वामित्व शून्यमा झारी सर्वसाधारणलाई २० प्रतिशत सेयर दिने र बाँकी बैंक, वित्तीय संस्था तथा रणनीतिक साझेदारलाई बाँडफाँट गर्ने सुझवा दिइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सञ्चालक समिति पुनर्संरचनामा स्वतन्त्र विज्ञ सञ्चालकको बहुल्यता, प्रमुख कार्यकारी अधिकृतलाई सञ्चालक सदस्य नराख्ने, र रणनीतिक साझेदारका तर्फबाट एक जना अनिवार्य विज्ञ सदस्य राख्ने जस्ता सुधार सुझाइएको छ। यसले सरकारी दबदबा हटाएर व्यावसायिकता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रविधि सुधारमा अत्याधुनिक निगरानी प्रणाली, डेटा विश्लेषण, एपिआइ साझेदारी, मार्जिन कारोबार र व्युत्पन्न साधनहरू जस्ता सुविधाहरू थप गर्ने प्रस्ताव गरिएको छ। यसले लगानीकर्तालाई थप विकल्प र जोखिम व्यवस्थापनका अवसर प्रदान गर्ने छ।

समितिले अन्तर्राष्ट्रिय मापदण्ड, आइएससीओका सिद्धान्त र डब्लुएफई सदस्यता प्राप्त गर्ने प्रस्ताव पनि अघि सारेको छ, जसले नेप्सेको प्रतिस्पर्धात्मक क्षमता विश्वस्तरीय स्तरमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.