मंगलवार, माघ २०,२०८२ 12:07:07
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 12:07:07
Bizshala
Global IME Bank Limited
Bizshala

एलपी ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू: आयल निगम

एलपी ग्यासको अभाव छैन, अनावश्यक भण्डारण नगर्नू: आयल निगम
Shivam Cement

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा पछिल्ला केही दिनदेखि एलपी ग्यासको अभाव भएको भन्ने समाचार विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलहरूमा प्रकाशित भएपछि नेपाल आयल निगमले सो विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टमार्फत देशभरका ग्यास उद्योगीलाई मासिक रूपमा उपलब्ध गराइने एलपी ग्यासको एलोकेसन ४९ हजार ५०० मेट्रिक टन रहेको छ। सोअनुसार नोभेम्बर २०२५ मा ४७ हजार २६४ मेट्रिक टन, डिसेम्बर २०२५ मा ४८ हजार ५३१ मेट्रिक टन र जनवरी २०२६ मा ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात भई आम उपभोक्तामाझ बिक्री–वितरण भइसकेको निगमले स्पष्ट पारेको छ।

Bizshala
Garima Development Bank
New Office

निगमका अनुसार उक्त परिमाणको ग्यास जाडोयामको माग धान्न पर्याप्त रहेको छ। यद्यपि, हाल बजारमा केही एकाध ग्यास उद्योगका सिलिन्डरको अस्थायी अभाव देखिएकाले सम्बन्धित उद्योगलाई आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिइसकिएको निगमले जनाएको छ। यसले केही समयभित्रै बजार अवस्था सामान्य हुने अपेक्षा गरिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यसैबीच, बजारमा एलपी ग्यासको वर्तमान अवस्था तथा आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निगमले फेब्रुअरी २०२६ का लागि साविकको एलोकेसनमा थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने निर्णय गरेको छ। सोअनुसार इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न उद्योगअनुसारको एलोकेसन पठाइसकिएको निगमले जानकारी दिएको छ।

नेपाल आयल निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरेको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.