मंगलवार, श्रावण १२,२०८३ 01:57:42
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:57:42
Bizshala
Global IME Bank Limited

बालेनको नयाँ सुरुवात: उत्तरतिर फर्किएको मञ्चबाट प्रधानमन्त्रीको सपथ लिने, नेवारी, मैथिली, किराँत रङले सजिनेछ समारोह

बालेनको नयाँ सुरुवात: उत्तरतिर फर्किएको मञ्चबाट प्रधानमन्त्रीको सपथ लिने, नेवारी, मैथिली, किराँत रङले सजिनेछ समारोह
New Office

काठमाण्डौ । काठमाण्डौ । शुक्रबार दिउँसो शीतल निवासमा एक अनौठो र रंगीन शपथ समारोहको तयारी भइरहेको छ।  

प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन्द्र शाह-बालेन)ले परम्परागत शैलीभन्दा फरक, आफ्नै स्वाद र सन्देशसहित शपथ लिन लागेका छन् । यो समारोहलाई मात्र औपचारिकता होइन, नेपालको सांस्कृतिक विविधता र नयाँ पुस्ताको सोच झल्काउने ‘फ्यूजन’ बनाउने योजना छ।

अघिल्ला शपथ समारोहमा प्रयोग हुँदै आएको पुरानो मञ्च यसपटक पूरै हटाइएको छ। बालेनको इच्छाअनुसार शीतल निवासको उत्तरतर्फ फर्किएको नयाँ मञ्च निर्माण गरिएको छ।  

बिहीबारसम्म निर्माणको काम चलिरहेको थियो। मञ्च मात्र होइन, समारोहको समय पनि विशेष साइत अनुसार तय गरिएको छः रामनवमीको दिन दिउँसो ठीक १२ः३४ बजे शपथ प्रारम्भ गर्ने तयारी छ।

यो समारोहलाई सांस्कृतिक रूपमा अझ समृद्ध बनाउन विभिन्न समुदायका रंगहरू मिसाइएका छन्। मञ्चमा नेवारी, मैथिली, किराँत लगायतका जातीय पहिचान झल्काउने कलाचित्रहरू सजाइने छन्।  

शपथका क्रममा वैदिक स्वस्तिवाचन, बौद्ध मंगलवाचन र शंखध्वनि एकसाथ गरिने कार्यक्रम छ।

बालेनले आफैं दौरासुरुवाल र भादगाउँले टोपीमा शपथ लिने तयारी गरेका शितल निवास स्रोतले जनाएको छ । 

यसअघि सांसद शपथका बेला पनि बिहीबार उनले किराँत सांस्कृतिक तत्व मिसाएर यही शैली अपनाएका थिए ।  यो पोशाकले उनको व्यक्तिगत पहिचान र सांस्कृतिक सम्मान दुवैलाई जोड दिन्छ।

समारोहमा ठूलो संख्यामा संवैधानिक निकाय, कूटनीतिक प्रतिनिधि, राजनीतिक नेता र समर्थकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। करिब दुई हजार जनाका लागि चियापानको व्यवस्था छ, तर यसपटक जलपानको सट्टा चिया र बिस्कुट मात्र राखिएको छ। खर्च नियन्त्रण र सादगीको यो निर्णयले ‘मितव्ययी शासन’ को सन्देश दिन खोजेको देखिन्छ।

शपथ समारोहपछि बालेन सोही दिन दिउँसो २ः१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन् । यो समय पनि साइत जुराएरै तय गरिएको हो ।  

यो शपथ समारोह नेपालको राजनीतिमा एउटा नयाँ प्रयोग जस्तो लाग्छ। परम्परालाई पूरै अस्वीकार नगरी त्यसलाई आधुनिक, समावेशी र व्यावहारिक बनाउने प्रयास छ। नयाँ मञ्च, विशेष साइत, बहुसांस्कृतिक प्रस्तुति, सादा खाजा र व्यक्तिगत सांस्कृतिक अभिव्यक्तिः यी सबैले बालेनको नेतृत्व शैलीको पूर्वसङ्केत दिइरहेका छन्।

शुक्रबार शीतल निवासमा हुने यो समारोहले नेपाललाई एउटा फरक खालको ‘शुरुवात’को याद दिलाउने सम्भावना छ, जहाँ परम्परा र परिवर्तन एकैसाथ नाचिरहेका हुन्छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.