काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमार्फत कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै कृषि बीमाको प्रिमियममा ९० प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ। पार्टीले किसानलाई प्राकृतिक विपत्ति तथा अन्य जोखिमबाट जोगाउन बीमा पहुँच विस्तार गर्ने र प्रिमियमको अधिकांश भार राज्यले व्यहोर्ने प्रतिबद्धता जनाएको हो।
प्रतिज्ञा पत्रअनुसार बाली तथा पशुधनमा भएको क्षतिको यकिन आधुनिक प्रविधि—ड्रोन र स्याटेलाइट—को प्रयोगमार्फत गरिनेछ।
यस्तै, क्षतिको प्रमाणिकरणपछि बीमा दाबी रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।

