मंगलवार, बैशाख ८,२०८३ 08:43:55
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 08:43:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडा र वाणिज्य विभागबीच एमआरपी स्टिकर कार्यान्वयनबारे छलफल

Bizshala
नाडा र वाणिज्य विभागबीच एमआरपी स्टिकर कार्यान्वयनबारे छलफल
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को एक प्रतिनिधि मण्डलले आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीसँग अटोमोबाइलसम्बन्धी वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको स्टिकर अनिवार्य टाँस्ने विषयमा विस्तृत छलफल गरेको छ।

विभागले गत चैत ३० गते जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै नाडाले उक्त व्यवस्थाको स्वागत गरेको छ। विशेषगरी, विदेशबाट आयात भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण वस्तुहरूमा एमआरपी उल्लेख गर्नुपर्ने तथा बिक्री गर्दा अनिवार्य रूपमा बिल विजक जारी गर्नुपर्ने प्रावधानलाई नाडाले सकारात्मक रूपमा लिएको जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यद्यपि, नाडाले कार्यान्वयनका व्यावहारिक पक्षहरूबारे केही चासो र जिज्ञासा प्रस्तुत गरेको छ। पुराना स्टकमा रहेका सामग्रीहरूमा स्टिकर कसरी लागू गर्ने, भन्सार बिन्दुमै स्टिकर टाँस्ने व्यवस्था कत्तिको व्यावहारिक हुन्छ भन्ने विषयमा स्पष्टता आवश्यक रहेको नाडाको धारणा छ। साथै, नाडाले आफू सदैव निष्पक्ष व्यापार र पारदर्शिता प्रवर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

छलफलका क्रममा महानिर्देशक ज्ञवालीले उपभोक्ता संरक्षण ऐन, २०३५ अनुसारको व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको स्पष्ट पार्दै सरकारको १०० बुँदे कार्ययोजनामा समेत यो विषय प्राथमिकतामा रहेको बताए। उनले कार्यान्वयनका क्रममा देखिने समस्या समाधानका लागि विभाग तयार रहेको र व्यवसायीहरूको पनि सक्रिय सहकार्य आवश्यक रहने बताए।

CG Motors
Garima Development Bank
IME remit

ज्ञवालीले एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा विभाग कडाइका साथ अघि बढ्ने संकेत गर्दै आवश्यक परे कानुनी सुधारका लागि नाडाबाट सुझाव अपेक्षित रहेको समेत बताए।

उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल, सह(कोषाध्यक्ष निलमणी पाठक, केन्द्रीय सदस्य तथा स्पेयर पार्ट्स समितिका सभापति दिपेन्द्रकुमार मिश्र र सदस्य नारायणप्रसाद पौडेलको उपस्थिति रहेको थियो।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.