Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?

Global IME Bank Limited
२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?
Nabil Bank Limited

काठमाण्डौ । २०८० सालमा बीमा कम्पनीका लगानीकर्ताहरुले सेयरबजारबाटै १३.७० प्रतिशत सम्म नाफा कमाएका छन् । नेप्सेमा १२ जीवन र १२ निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् ।  

२०८० को अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक १०२२८.९२ विन्दुमा कायम हुन पुगेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशत बढी हो । २०७९ सालको अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक ९६४३.१७ विन्दुमा कायम भएको थियो ।  

त्यस्तै, निर्जीवन बीमा समूह पनि गत वर्षका तुलनामा २२.२६ प्रतिशतले वृद्धि भएको छ । अर्थात् निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले २२ प्रतिशतसम्म नाफा आम्दानी गरेका छन् । गत वर्षको अन्तिमसम्म ८६०३.३६ विन्दुमा रहेको निर्जीवन बीमा इन्डेक्स यस वर्षको अन्तिमसम्म १०५१८.४८ विन्दु कायम भएको छ ।  

यसर्थ समग्रमा बीमा कम्पनीका लगानीकर्ताहरुले यस वर्ष १३.७० प्रतिशतसम्म नाफा आम्दानी गर्न सफल भएका छन् । दोस्रो बजारमा बीमा कम्पनीहरुको सूचीकृत सेयर संख्या कम छ । सेयर संख्या कम भएपछि बजारमा बीमा कम्पनीहरुको माग बढ्ने भएकाले सेयरभाउ पनि बाणिज्य बैंक र हाइड्रो कम्पनीहरुको तुलनामा बढी नै छ ।  

यसर्थ बीमा कम्पनीहरुको उपसूचक अन्य समूहको तुलनामा बढी देखिन्छ । साथै पछिल्लो समय सेयरबजारमा बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण पनि देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पनि सेयरबजारमा हाइड्रोपावर कम्पनीपछि बीमा कम्पनीहरुको सेयर सर्वाधिक कारोबार भएको देखिन्छ ।  माघ महिनासम्म बीमा कम्पनीहरुले ३० अर्ब ३९ करोड रुपैयाँबराबरको धितोपत्र सूचीकृत गराई बजार पूँजीकरणमा ३६.८ प्रतिशत हिस्सा थप्न सफल भएका छन् । 

यसका साथै २०८० सालभित्र प्रिमियम मूल्यमा आईपीओ ल्याएका ४ जीवन बीमा कम्पनी आइएमई लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको पनि दोस्रो बजारमा उच्च कारोबार भएको थियो । यी चार जीवन बीमा कम्पनी अझैपनि लगानीकर्ताको नजरमा छन् ।  

प्रिमियम मूल्यमा आईपीओ ल्याएका कारण थप हुन आएको प्रिमियम रकमबाट बोनस बाँड्न पाउने हल्लाले यी चारवटा कम्पनीको स्टक बजारमा ‘हट केक’ समेत बन्न पुगेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको पुँजी बृद्धि योजना ल्याएकाले पनि बजारमा बीमाको सेयर बढी चहलपहल देखिएको हो । पुँजी बृद्धि गर्न प्रयास गरेका कम्पनीहरुलाई सहुलियतमा हकप्रद जारी गर्न पाउने व्यवस्था गरिदिंदा कतिपयले हकप्रदको प्रस्ताव समेत २०८० सालभित्रै अगाडी बढाइसकेका छन् ।  

कुनै कम्पनीले भने पुँजी बढाउनकै लागि उच्च बोनस समेत प्रस्ताव गरेका छन् । जीवन बीमातर्फ सुर्यज्योति लाइफ र सन नेपाल लाइफले पुँजी बृद्धि गर्नका निम्ति उत्कृष्ट लाभांश प्रस्ताव गरेका छन् ।  

पुँजी बृद्धि योजनाका विषयले वर्षभरी बीमा कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको नजर पर्न गयो । केही लगानीकर्ताहरुले यस्ता खालका नीतिलाई मौका पारेर बजारमा उत्कृष्ट नाफा बुक समेत गरेका छन् । प्रिमियम मूल्यमा आईपीओ ल्याएका ४ जीवन बीमा कम्पनीका सेयरबाट लगानीकर्ताहरुले खरिदबिक्री गरेर नाफा बुक गरेको बजार जानकारहरु बताउँछन् ।  

नेप्सेमा रहेका १३ उपसमूहका कम्पनीहरुमध्ये दोस्रो बढी कारोबार हुने समूहमा बीमा उपसूचक परेको छ । यसर्थ यस वर्ष धितोपत्र बजार पुँजीकरण बढाउन बीमा कम्पनीहरुको पनि ठूलो योगदान रहेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.