बिहीबार, असार ११,२०८३ 06:40:35
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:40:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिन्धुलीमा जन्ती सवार बोलेरो दुर्घटना: पाँच घाइते, बेहुला सुरक्षित

Laxmi Sunrise Bank Limited
सिन्धुलीमा जन्ती सवार बोलेरो दुर्घटना: पाँच घाइते, बेहुला सुरक्षित

काठमाण्डौं । बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याब बोलेरो दुधौली नगरपालिका–१ राँगेस्थित घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा बिहीबार बिहान जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

New Office
CG Motors
Garima Development Bank

दुर्घटनामा योगबहादुर खत्री गम्भीर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ।

अन्य घाइतेहरू लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको उपचार सिर्थौली अस्पतालमा भइरहेको छ।

फिक्कल गाउँपालिका–१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट–रातमाटेतर्फ बेहुला हेमबहादुर विकसहित जन्ती बोकेर जाँदै गरेको सवारी साधन अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गाडीमा कुल १० जना सवार थिए। दुर्घटनामा बेहुला भने सकुशल रहेका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार तीव्र गति र घुम्ती सडकका कारण सवारी साधन अनियन्त्रित भएको हुनसक्ने बताइएको छ।

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.