बिहीबार, असार ११,२०८३ 06:40:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:40:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांसदहरूको जैविक विवरण संकलन थालियो, विद्युतीय हाजिरी तयारी

Laxmi Sunrise Bank Limited
सांसदहरूको जैविक विवरण संकलन थालियो, विद्युतीय हाजिरी तयारी

काठमाण्डौं । संघीय संसद्का सदस्यहरूको उपस्थितिलाई विद्युतीय रूपमा अभिलेख गर्न बायोमेट्रिक (जैविक) विवरण संकलन प्रक्रिया शुरु गरिएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा हाजिरीलाई डिजिटल प्रणालीमार्फत सुरक्षित र व्यवस्थित बनाउन संसद् सचिवालयले सांसदहरूलाई आवश्यक जैविक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

New Office
CG Motors
Garima Development Bank

सचिवालयले बिहीबारदेखि यही २८ वैशाखसम्म सांसदहरूलाई सिंहदरबारस्थित विभिन्न समितिको कार्यालयमा उपस्थित भई बायोमेट्रिक विवरण बुझाउन अनुरोध गरेको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार पहिले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राखिएको विद्युतीय हाजिरी प्रणाली जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि पुनः नयाँ विवरण संकलन गर्नुपर्ने अवस्था आएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार पहिलो चरणमा दुवै सदनका बैठकहरूको हाजिरीलाई विद्युतीय प्रणालीमार्फत अभिलेख गरिनेछ भने विस्तारै संसदीय समितिहरूमा पनि यही प्रणाली लागू गरिने योजना छ।

दुवै सदनको बैठक यही २८ वैशाख दिउँसो २ बजे बस्ने तय भएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.