बिहीबार, असार ११,२०८३ 06:40:02
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:40:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिल्सा नाकाबाट चीनसँगको व्यापार पुनः सुचारु, भन्सार असुली बढ्ने अपेक्षा

Laxmi Sunrise Bank Limited
हिल्सा नाकाबाट चीनसँगको व्यापार पुनः सुचारु, भन्सार असुली बढ्ने अपेक्षा

काठमाण्डौं । चीनसँग जोडिएको हिल्सा नाकाबाट रोकिएको आयात–निर्यात सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ।  

चीनको पुराङ काउन्टी अन्तर्गत ताक्लाकोट क्षेत्रमा मे दिवसको सार्वजनिक बिदा परेपछि केही दिन व्यापारिक गतिविधि अवरुद्ध बनेको थियो।

New Office
CG Motors
Garima Development Bank

यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार गत शनिबारदेखि बुधबारसम्म ताक्लाकोटतर्फ सामान ढुवानी पूर्ण रूपमा रोकिएको थियो।

चीनतर्फ पर्व र बिदाका कारण नाकाबाट हुने सामान निकासी बन्द गरिएको उनले जानकारी दिए ।  

बिहीबारदेखि ताक्लाकोटबाट मानिससँगै विभिन्न उपभोग्य सामग्री आउन थालेपछि भन्सार कार्यालयले पुनः राजस्व संकलन शुरु गरेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयात बन्द हुँदा केही दिन भन्सार राजस्व संकलनसमेत प्रभावित बनेको थियो।

यद्यपि, बन्द अवधिमा मानिसहरूको आवतजावत भने रोकिएको थिएन।  

तर, सीमा पार गर्ने यात्रुलाई कुनै पनि प्रकारका सामान ल्याउन अनुमति दिइएको थिएन।

चार महिनापछि पुनः सञ्चालनमा आएको यारी नाका भन्सार कार्यालयले पाँच दिनमै १४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।  

व्यापारिक गतिविधि सामान्य बन्दै गएसँगै आगामी दिनमा राजस्व संकलन अझ बढ्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.