काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा व्यावसायिक फर्मलाई नगद जरीवानासहित कारबाही गरेको छ । विभागले बिहिबार बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाण्डौका व्यावसायिक फर्महरुलाई जरिबाना तिराएको हो ।
विभागले काठमाण्डौ महानगरपालिका–२६ गोङ्गबुमा रहेको लुगा जुत्ता प्रालिलाई ५० हजार रुपैयाँ, गोङ्गबुमै रहेको पूजा शृङ्गारलाई १० हजार रुपैयाँ नयाँ बानेश्वरस्थित श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार रुपैयाँ गरी कुल ७५ हजार जरीवाना तिराएको हो ।
यी फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ बमोजिम निर्देशन पालना नगर्ने र अनुचित व्यापारिक क्रियाकलापमा संलग्नताको आरोपमा कारबाही गरिएको विभागले जनाएको छ ।
यस्तै विभागले अन्य १० उद्योग तथा फर्मलाई सामान्य निर्देशन समेत दिएको छ ।

