शुक्रबार, असार १२,२०८३ 12:40:58
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:40:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लिपुलेकमा भारतको अडान यथावत्, नेपालको दाबीलाई फेरि अस्वीकार

Laxmi Sunrise Bank Limited
लिपुलेकमा भारतको अडान यथावत्, नेपालको दाबीलाई फेरि अस्वीकार

काठमाण्डौं । भारतले लिपुलेक क्षेत्रबारे नेपालले उठाउँदै आएको दाबीलाई पुनः अस्वीकार गर्दै आफ्नो पुरानै अडान दोहोर्‍याएको छ ।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा लिपुलेक हुँदै सञ्चालन हुने कैलाश मानसरोवर मार्ग नयाँ विषय नभएको बताएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

उनले उक्त मार्ग सन् १९५४ देखि नै प्रयोग हुँदै आएको दाबी गर्दै नेपालले उठाएको सीमा सम्बन्धी विषयलाई ‘एकतर्फी दाबी’ को संज्ञा दिए ।  

जैसवालले नेपालसँग बाँकी सीमा विवादका विषयमा संवाद गर्न भारत तयार रहेको उल्लेख गरेपनि “यो भू-भाग हाम्रो हो” भन्ने शैलीमा प्रस्तुत हुनु उचित नभएको टिप्पणी गरे ।

नेपाल सरकारले वैशाख २० गते लिपुलेक हुँदै भारत र चीनले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको विषयमा आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो ।  

त्यसको भोलिपल्ट भारतले नेपाललाई जवाफ पठाएर नेपाली दाबीप्रति असहमति जनाएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिहीबारको पत्रकार सम्मेलनमा भारतले फेरि त्यही धारणा सार्वजनिक गरेको हो ।

यसैबीच भारतले नेपालसँगको आपूर्ति र व्यापारिक सम्बन्ध निरन्तर रहने जनाएको छ ।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता जैसवालले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै पेट्रोलियम पदार्थ र रासायनिक मल आपूर्ति पूर्ववत् रूपमा जारी रहने बताए ।

उनले दुई देशबीचको रणनीतिक तथा व्यापारिक सहकार्य मजबुत रहेको उल्लेख गर्दै आवश्यकता अनुसार नेपाललाई तेल र मल उपलब्ध गराउन भारत प्रतिबद्ध रहेको बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.