Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट

Global IME Bank Limited
सूर्यज्योति लाइफसहित ४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउने हिमालयन एभरेष्ट
Nabil Bank Limited

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ को विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् । जीवन बीमा उपसूचक ०.७० प्रतिशत र निर्जीवन बीमा उपसूचक १।०३ प्रतिशतले घटेको छ ।  

आज ४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.४२ प्रतिशतले बढेर ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ०.४९ प्रतिशतले बढेर ६१३.२० रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०।३१ प्रतिशतले बढेर ७५२.३० रुपैयाँ र एलआइसी नेपालकोे ०.०७ प्रतिशतले वृद्धि भई १३५३ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५२ प्रतिशतले घटेर ५७६ रुपैयाँ कायम भएको छ ।  

यसका साथै सानिमा रिलायन्स लाइफको २.२३ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.१४ प्रतिशत, नेशनल लाइफको २.१२ प्रतितश, नेपाल रि इन्स्योरेन्सको १.९५ प्रतिशत, सानिमा जिआइसीको १.८२ प्रतिशत, युनाइटेड अजोडको १.८१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६९ प्रतिशत, आरबीसीएलको १.४३ प्रतिशत, एशियन लाइफको ०.९६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९४ प्रतिशत, आइएमई लाइफको ०.९४ प्रतिशत र हिमालयन लाइफको ०.८६ प्रतिशलते सेयरभाउ घटेको छ ।  

त्यस्तै, महालक्ष्मी लाइफको ०.८६ प्रतिशत, सलिकोको ०.८३ प्रतिशत, सिटिजन लाइफको ०.७८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.७० प्रतिशत, सन नेपाल लाइफको ०.६९ प्रतिशत, नेपाल लाइफको ०.३४ प्रतिशत, एनएलजीको ०.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१९ प्रतिशत र शिखरको ०.१० प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । सर्वाधिक सूर्यज्योति लाइफको ८ करोड ९२ लाख रुपैयाँ र हिमलायन रि इन्स्योरेन्सको ७ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.