बिहीबार, असार ११,२०८३ 06:26:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:26:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

न्यायपालिका स्वतन्त्र हुनुपर्छ : कायममुकायम प्रधानन्यायाधीश प्रधान मल्लको कडा सन्देश, राजनीतिक दबाब अस्वीकार्य

Laxmi Sunrise Bank Limited
न्यायपालिका स्वतन्त्र हुनुपर्छ : कायममुकायम प्रधानन्यायाधीश प्रधान मल्लको कडा सन्देश, राजनीतिक दबाब अस्वीकार्य

काठमाण्डौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक वा अन्य कुनै प्रकारको दबाबबाट पूर्ण रूपमा मुक्त राख्नुपर्नेमा जोड दिएकी छन् ।

कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले न्यायाधीशहरूलाई संविधान र कानूनको दायराभित्र रहेर निडर भई न्याय सम्पादन गर्न आग्रह गरिन् ।

New Office
CG Motors
Garima Development Bank

न्यायिक प्रक्रियामा बाह्य स्वार्थ वा प्रभाव प्रवेश गराउने प्रयासले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने उनको भनाइ थियो ।

मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनको संरक्षण सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै न्यायपालिका स्वतन्त्र रहन सके मात्र नागरिक अधिकार सुरक्षित हुने बताइन् ।

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार, “न्याय कुनै दबाब, डर वा प्रभावको आधारमा होइन, कानूनी आधार र निष्पक्ष विवेकका साथ हुनुपर्छ, जुनसुकै स्तरको प्रभाव भएपनि।”

उनले विधिको शासन कमजोर पार्ने प्रवृत्तिले राज्य संरचनामै अस्थिरता निम्त्याउन सक्ने भन्दै लोकतान्त्रिक मूल्य र संस्थागत स्वतन्त्रता संरक्षणमा गम्भीर हुनुपर्ने चेतावनी पनि दिएकी छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.