आईतवार, असार १४,२०८३ 10:08:18
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:08:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कोशी, बागमती र गण्डकीमा मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Laxmi Sunrise Bank Limited
कोशी, बागमती र गण्डकीमा मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न क्षेत्रमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावसँगै पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

महाशाखाले पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

अन्य प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने अनुमान गरिएको छ ।  

विशेषगरी उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले चट्याङ तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि र यातायात क्षेत्रमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.