काठमाढण्डौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा वाचन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने सरकारले जनाएको छ ।

