काठमाण्डौ । सरकारले एकैदिनमा कम्पनी दर्ता गर्ने व्यवस्था गर्ने भएको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले देशमा अद्यौगिक विकासका लागि कर छुट र बीउपूँजीको व्यवस्था गरिने समेत बताए ।

