शुक्रबार, असार १२,२०८३ 12:46:47
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:46:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नापी–मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सरकारी योजना

Laxmi Sunrise Bank Limited
नापी–मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सरकारी योजना

काठमाण्डौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत नापी तथा मालपोत सेवालाई एकीकृत संरचनामा रूपान्तरण गर्दै क्रमशः स्थानीय तहबाटै सेवा उपलब्ध गराउने नीति अघि सारेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा भूमि प्रशासन प्रणालीलाई आधुनिक, सहज र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्य रहेको बताएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

भूमिको नापजाँच, नक्सांकन र अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित बनाउँदै भूमि अभिलेखलाई समयानुकूल अद्यावधिक गर्न केन्द्रीय डिजिटल डाटाबेस विस्तार गर्ने योजना पनि सरकारको छ ।

सरकारले यस सुधारबाट सेवा प्रवाह छिटो, पारदर्शी र प्रभावकारी हुने तथा जग्गा प्रशासनमा देखिने अनियमितता र झन्झट उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारले जग्गासम्बन्धी सेवा लिन नागरिकले जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउँदै आवश्यक सबै सेवा स्थानीय तहमै उपलब्ध गराउने तयारी गरेको छ ।

यसका लागि नापी र मालपोत कार्यालयबीचको समन्वयलाई एकीकृत सेवा प्रणालीमा रूपान्तरण गरिने नीति लिइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.