बिहीबार, असार ११,२०८३ 11:23:58
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:23:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सवारी साधनमा विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरिने

Laxmi Sunrise Bank Limited
सवारी साधनमा विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरिने

काठमाण्डौं । सरकारले सार्वजनिक यातायात प्रणालीलाई आधुनिक र वातावरणमैत्री बनाउने उद्देश्यसहित विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्ने घोषणा गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था अघि सारिएको जानकारी दिएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

सरकारका अनुसार बढ्दो सहरीकरण, ट्राफिक चाप र प्रदूषणलाई नियन्त्रण गर्न परम्परागत यातायात प्रणालीलाई क्रमशः विस्थापित गर्दै विद्युतीय मास ट्रान्जिट प्रणालीलाई प्राथमिकता दिइनेछ ।  

यसअन्तर्गत ठूलो संख्यामा यात्रु बोक्न सक्ने द्रुत, सुरक्षित र ऊर्जा–सक्षम सार्वजनिक यातायात सेवा विस्तार गरिनेछ ।

नीति तथा कार्यक्रममा बस, रेल वा अन्य विद्युतीय यातायात मोडेललाई एकीकृत गर्दै सहरहरूमा दिगो यातायात नेटवर्क विकास गर्ने लक्ष्य राखिएको छ ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेषगरी प्रमुख सहरी क्षेत्रहरूमा विद्युतीय बस र र्‍यापिड ट्रान्जिट प्रणाली (BRT/MRT)  जस्ता संरचना विस्तार गरिने सरकारको योजना छ ।

सरकारले यो प्रणालीमार्फत इन्धन आयातमा निर्भरता घटाउने, वातावरणीय प्रदूषण कम गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने अपेक्षा गरेको छ ।

साथै, निजी सवारी साधनको अत्यधिक प्रयोग घटाई सहरी यातायातलाई सहज, छरितो र समयमै सेवा दिने बनाउने लक्ष्यसमेत राखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.