Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अडाणी ग्रुपमा गरेको लगानीबाट एलआईसीले आर्जन गर्‍यो ५९% मुनाफा

Global IME Bank Limited
अडाणी ग्रुपमा गरेको लगानीबाट एलआईसीले आर्जन गर्‍यो ५९% मुनाफा
Nabil Bank Limited

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इण्डिया(एलआईसी)ले भारतीय धनाढ्य गौतम अडाणी ग्रुपको कम्पनीहरुमा गरेको लगानीबाट ५९ प्रतिशत मुनाफा आर्जन गरेको छ ।  

एलआईसीले आर्थिक वर्ष २०२३÷२४ को अडाणी ग्रुपको कम्पनीहरुमा गरेको लगानीबाट २२ हजार ३७८ करोड भारु मुनाफा आर्जन गरेको हो । भारतको स्टक एक्सचेञ्जको आँकडा अनुसार सन् २०२३ मार्च ३१ सम्म अडाणी ग्रुपको ७ वटा कम्पनीमा एलआईसीको कुल लगानी ३८ हजार ४७१ करोड भारु थियो । जुन सन् २०१४ मार्च ३१ सम्म आईपुग्दा बढेर ६१ हजार २१० करोड भारु पुगेको छ । अर्थात एलआईसीले एक आर्थिक वर्षमा यो लगानीबाट २२ हजार ३७८ करोड भारु नाफा कमाएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अडाणी इन्टरप्राइजेज लिमिटेडमा एलआईसीको लगानी सन् २०२३ मार्च ३१ मा ८ हजार ४९५.१ करोड भारुबाट बढेर एक वर्षपछि १४ हजार ३०५.५३ करोड भारु पुगेको छ । यस क्रममा अडाणी पोट्समा एलआईसीको लगानी १२ हजार ४५०.०९ करोड भारुबाट बढेर २२ हजार ७७६.८९ करोड भारु पुगेको छ ।  

त्यस्तै अडाणी ग्रीन इनर्जी लिमिटेडमा एलआईसीको लगानी एक वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएर ३ हजार ९३७.६२ करोड भारु पुगेको छ । एलआईसीले अडाणी टोटल ग्यास लिमिटेड,अम्बुजा सिमेन्ट र एसीसीमा पनि आफ्नो लगानीमा राम्रो प्रतिफल हासिल गरेको छ ।  

गत वर्ष हिन्डनबर्ग रिपोर्टमा अडाणी ग्रुपमाथि सेयरमा हेरफेर गरेको आरोप लागेपछि एलआईसीको ग्रुपमा लगानी गर्ने निर्णयमा प्रश्न चिन्ह खडा भएको थियो । तर अडाणी ग्रुपले उक्त आरोपलाई नकारेको थियो ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.