आईतवार, बैशाख १४,२०८२ 01:00:43
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 01:00:43
IME remit
Global IME Bank Limited

आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने

Hyundai Nepal
आज सार्वजनिक बिदाको दिन यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने
Nabil Bank Limited

काठमाण्डौ । आज रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । आज सरकारी कार्यालय,शैक्षिक संस्था,सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरु बन्द रहने छन् ।  

तर केहि वाणिज्य तथा विकास बैंकका शाखा कार्यालयहरु भने आज खुल्ला रहने छन् । विभिन्न बैंकहरुले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आज आफ्ना केहि शाखा कार्यालयहरु खुल्ला रहने बताएका छन् ।  

एभरेष्ट बैंक लिमिटेड  

आज एभरेष्ट बैंकको कोशी प्रदेश अन्तर्गतको विराटनगर शाखा,मधेश प्रदेशको विरगञ्ज,जनकपुर शाखा,बागमती प्रदेशको टेकु,बालाजु र सातदोबाटो शाखा,गण्डकी प्रदेशको पोखरा,लुम्बिनी प्रदेशको बुटवल र नेपालगंज,कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढी शाखा कार्यालय खुल्ला रहनेछन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहनेछन् ।  

नबिल बैंक  

आज अबिल बैंकको कोशी प्रदेशको विराटनगर,विर्तामोड,धरान,इटहरी र दमक शाखा कार्यालय,मधेश प्रदेशको जनकपुर,बागमति प्रदेशको खिचापोखरी,बिजुलीबजार,कुमारीपाटी,जोरपाटी,महाराजगंज,कौशलटार, नारायणगढ र हेटौडा शाखा कार्यालयहरु खुल्ला रहनेछन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि १.३० बजेसम्म खुल्ला रहनेछन् ।  

सांग्रिला डेभलपमेन्ट बैंक  

आज सांग्रिला डेभलपमेन्ट बैंकको सुर्खेत,कोहलपुर,खजुरा घोराही,गुलरिया,नेपालगंज,अत्तिरिया,धनगढी,न्यूरोड,बालुवाटार,पोखरा नारायणगढ,भद्रकाली(पोखरा),इटहरी,वीरगञ्ज र बोटेचौर शाखा कार्यालयहरुको होलिडे काउन्टर  खुला रहनेछन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहनेछन् ।  

लुम्बिनी विकास बैंक  

आज लुम्बिनी विकास बैंकको विराटनगर,विरगञ्ज,त्रिपुरेश्वर,महेन्द्रपुल,नेपालगंज र धनगढी शाखा कार्यालयहरु खुल्ला रहने छन् । यी शाखा कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।  

सानिमा विकास बैंक  

सानिमा  विकास बैंकको आज कोशी प्रदेशको दमक,इनरुवा,विर्तामोड,गाईघाट,विराटनगर र इ्रटहरी, बागमति प्रदेशको गोंगबु,पुतलीसडक,सातदोबाटो,नक्साल कुमारीपाटी,सूर्यविनायक,नारायणगढ,हेटौडा,बनेपा,कलंकी न्यूरोड,चुच्चेपाटी र नयाँ बानेश्वर, लुम्बिनी प्रदेशको घोराही,नेपालगंज र बुटवल, कर्णाली प्रदेशको विरेन्द्रनगर,गण्डकी प्रदेशको न्यूरोड पोखरा र दमौली र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर,टिकापुर र धनगढी शाखा कार्यालयहरु खुल्ला रहनेछन् ।  

माछापुच्छ्रे बैंक  

माछापुच्छ्रे बैंकको कोशी प्रदेश अन्तर्गतको बिर्तामोड,दमक,इटहरी र विराटनगर,गण्डकी प्रदेशको नयाँ बजार पोखरा बेनी र दमौली,मधेश प्रदेशको लहान र आदर्शनगर,बागमति प्रदेशको न्यूरोड,कोटेश्वर,पुतलीसडक,बनेपा,सूर्यविनायक र नारायणगढ शाखा कार्यालयहरुबाट बैंकिङ सेवा प्रदान गरिनेछ ।  

गरिमा विकास बैंक  

गरिमा विकास बैंकको आज इटहरी,बालबन्दी,लाजिमपाट,कमलपोखरी,नारायणगढ,पोखरा,वालिङ,बुटवल र कोहलपुर क्षेत्रीय कार्यालयहरु खुल्ला रहनेछन् ।  

यस्तै बैंकको टंकिसिनवारी,विगञ्ज,कलंकी,न्यूरोड,नरायणगढ,महेन्द्रपुल,बेनी,तानसेन बुटवल र नेपालगंज शाखा कार्यालयहरु समेत खुल्ला रहने छन् ।  

लक्ष्मी सनराइन बैंक  

आज लक्ष्मी सनराइज बैंकको कोशी प्रदेशको विराटनगर,काँकडभिट्टा,धनकुटा, विर्तामोड,दमक,इटहरी र धरान शाखा कार्यालय,मधेश प्रदेशको जनकपुर विरगञ्ज र लहान,बागमति प्रदेशको हात्तिसार पुल्चोक,गैह्रीधारा र नारायणगढ,गण्डकी प्रदेशको बगर र बिरौटा,लुम्बिनी प्रदेशको नेपालगंज,बुटवल र भैरहवा कर्णली प्रदेशका जुम्ला र सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखा कार्यालय खुल्ला रहने छन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.