Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतमा ६५ वर्षभन्दा बढी उमेर पुगेकाले पनि बीमा पोलिसी खरिद गर्न सक्ने,क्यान्सर र एड्स भएका लाई पनि पोलिसी जारी गर्नुपर्ने

Global IME Bank Limited
भारतमा ६५ वर्षभन्दा बढी उमेर पुगेकाले पनि बीमा पोलिसी खरिद गर्न सक्ने,क्यान्सर र एड्स भएका लाई पनि पोलिसी जारी गर्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । भारतमा स्वास्थ्य बीमा सम्बन्धी नियममा ठूलो परिवर्तन गरिएको छ । भारतको बीमा नियामक इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इण्डिया(आरडीएआई)ले स्वास्थ्य बीमा खरिद सम्बन्धी नियमहरुमा परिवर्तन गर्दै पोलिसी खरिद गर्ने व्यक्तिका लागि ६५ वर्षको उमेरको सिमा हटाएको छ । यसअघि भारतमा ६५ वर्ष उमेरसम्म मात्रै नयाँ स्वास्थ्य बीमा पोलिसी खरिद गर्न पाउने व्यवस्था थियो ।  

स्वास्थ्य बीमा योजना खरिद गर्ने उमेरको हकबन्दी हटाउनुलाई बीमा क्षेत्रमा अधिक समावेशीता र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने कदमका रुपमा लिइएको छ । १ अप्रिल २०२४ देखि लागू भएको स्वास्थ्य बीमा पोलिसीका लागि यो नयाँ नियम लागू हुने जनाइएको छ । यसको अर्थ अब भारतमा कुनै पनि उमेरका व्यक्तिले बीमा पोलिसी खरिद गर्न सक्नेछन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आरडीएआईले सर्कुलर जारी गर्दै सबै बीमा कम्पनीहरुलाई सम्पूर्ण उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य बीमा प्रडक्ट उपलब्ध गराउन निर्देशन दिएको छ । यसका साथै नियामकले बढी उमेर भएका व्यक्तिका लागि जारी गरिएको बीमा पोलिसीसँग सम्बन्धीत दाबी भुक्तानीको विषयलाई सम्बोधन गर्नका लागि डेडिकेटेड च्यानल स्थापना गर्न समेत बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  

यसका साथै सर्कुलरमा आरडीएआईले बीमा कम्पनीहरुलाइ्र्र पहिले कुनै प्रकारको स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई स्वास्थ्य बीमा पोलिसी उपलब्ध गराउन समेत निर्देशन दिएको छ । यसमा बीमा कम्पनीहरुलाई क्यान्सर,हर्ट अट्याक र एचआईभी एड्स जस्ता गम्भिर रोग लागेका व्यक्तिलाई समेत बीमा पोलिसी जारी गर्न निर्देशन दिइएको छ । यसअघि यस्ता व्यक्तिहरुलाई बीमा पोलिसी बिक्री गर्न प्रतिबन्ध लगाइएको थियो ।  

यस्तै आरडीआईले हेल्थ इन्स्योरेन्स वेटिङ पिरियडलाई पनि ४८ महिनाबाट घटाएर ३६ महिना कायम गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.