काठमाण्डौ । हाल कोशी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायु सक्रिय छन्।
देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ।
कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्छ।
तराईका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि मुख्यतया सफा रहने अनुमान छ।
लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो लहर (लु) चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायम रहनेछ।
कोशी प्रदेशका केही तराई क्षेत्र र मधेसका एक(दुई स्थानमा पनि वर्षा हुन सक्छ।
मौसमविद्ले भारी वर्षा, चट्याङ र तातो लहरको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

