आईतवार, असार ७,२०८३ 05:28:16
Bizshala
  • आईतवार, असार ७,२०८३ 05:28:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यो वर्ष १९ कम्पनीको संस्थापकतर्फको लक–इन अवधि सकिँदै, बजारलाई कस्तो प्रभाव पार्ला ?

Laxmi Sunrise Bank Limited
यो वर्ष १९ कम्पनीको संस्थापकतर्फको लक–इन अवधि सकिँदै, बजारलाई कस्तो प्रभाव पार्ला ?
Shivam Cement

काठमाण्डौ । यो वर्ष एक दर्जन भन्दा बढी कम्पनीको सेयरको लक–इन पिरियड सकिँदैछ । हिमालयन रि इन्स्योरेन्ससहित १९ कम्पनीको संस्थापक समूहतर्फको सेयरको लक–इन पिरियड २०८३ भित्र सकिने भएको हो ।

विशेषगरी निश्चित समूहका लगानीकर्ताले आफ्नो सेयर तोकिएको समयसम्म बेच्न नपाउने कानूनी व्यवस्था नै लक–इन पिरियड हो । सेयरबजारमा एकैचोटी धरै सेयर बिक्री भएर मूल्यमा अस्वभाविक दबाब नपरोस् भन्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले ‘लक–इन पिरियड’को व्यवस्था गरेको हो ।

नेपालमा सामान्यतया संस्थापक सेयर, आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको सेयर, कर्मचारीलाई छुट्याइएको सेयर र म्युचुअल फण्डलाई आईपीओमा छुट्याएको सेयरमा लक–इन पिरियडको व्यवस्था हुन्छ ।

सोमध्ये म्युचुअल फण्डलाई छुट्याइएको सेयरमा ६ महिनाको लागि लकइन अवधि रहने व्यवस्था छ भने अन्य सेयरको लागि ३ वर्षसम्म लकइन अवधि रहने व्यवस्था छ ।

Bizshala
New Office
CG Motors

सर्वसाधारण लगानीकर्ताले आईपीओमार्फत पाएको सेयरमा भने लकइन अवधि हुँदैन, जसमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई छुट्याएको सेयर कोटा पनि समावेश हुन्छ ।

बजारमा सम्बन्धित कम्पनीको सेयर सूचीकृतपश्चात् सर्वसाधारणले लगानी गरेको सेयरमात्रै कारोबारमा आउछ । ६ महिनापछि म्युचुअल फण्डहरुलाई छुट्याइएको सेयरको लकइन सकिन्छ भने आयोजना प्रभावितलाई बाँडेको सेयर र संस्थापकले लगानी गरेको सेयरको लकइन तीन वर्षपछि खुल्दछ ।

नेपाल धितोपत्र बोर्डको नियमअनुसार कुनैपनि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको कुल सेयरमध्ये वैदेशिक रोजगारमा गएका नेपालीलाई १० प्रतिशत, आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत, म्युचुअल फण्ड र कर्मचारीहरुका लागि ५ प्रतिशत सेयर छुट्याउनुपर्ने व्यवस्था छ ।

विशेषगरी लकइन अवधि सकिएका कम्पनीहरुको सेयर दोस्रो बजारमा बिक्री चाप बढ्ने देखिन्छ । म्युचुअल फण्ड भन्दा संस्थापकको लकइन अवधि सकिदा बजारमा सेलिङ प्रेसर आउँछ र बजारमूल्यमा उच्च गिरावट आउने देखिन्छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

संस्थापकको लइ–कन अवधि सकिएपछि बजारलाई पार्न सक्ने प्रभाव

संस्थापकको लक–इन अवधि सकिएपछि बजारमा पर्ने प्रभाव संस्थापकहरुले वास्तवमै कति सेयर बेच्न चाहन्छन्, लक–इन खुल्ने सेयरको मात्रा र कम्पनीप्रतिशतको लगानीकर्ताको धारणामा निर्भर रहन्छ ।

संस्थापकको लक–इन अवधि सकिएपछि दोस्रो बजारमा यसले सम्भावित नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ ।

बजारमा ठूलो परिमाणमा संस्थापक सेयर खुल्दा केही संस्थापकले नाफा बुक गर्न सेयर बेच्न सक्छन् । साथै मागभन्दा बढी आपूर्ति बढेर सेयरको मूल्य घट्न सक्ने प्रचुर सम्भावना रहन्छ ।

साथै लगानीकर्ताको मनोविज्ञानमा पनि यसले असर पार्न सक्छ । अब बजारमा सेयर बिक्री चाप बढ्छ भन्ने लगानीकर्ताको सोचाई हुन्छ र कहिलेकाही वास्तविक बिक्री नभएपनि मूल्यमा दबाब आउने देखिन सक्छ ।

कुन कम्पनीको लक–इन कहिले सकिँदै ?

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.