Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितलाई सहयोग प्रदान

Global IME Bank Limited
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितलाई सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नं.२, सिदुङ्खामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरुका लागि लगाउने लुगा राहात स्वरुप प्रदान गरेको छ । कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानहरुको क्षति भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत १७ घरपरिवारका करिब ६६ जना सदस्यहरुलाई एक कार्यक्रमका बीच एक एक जोडी लगाउने कपडा प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै सन नेपाल लाइफ इन्स्योरेन्सका बुटवल कलस्टर प्रमुख सन्तोष कुँवर क्षेत्रीले सन नेपाल लाइफ इन्स्योरेन्स सुख वा दुख हरेक परिस्थितिमा सदैव जनताको साथमा रहेको र जोखिम तथा विपदमा आर्थिक सुरक्षा पाउनको लागि सबैले बीमा गर्नेपर्ने बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले भने ‘यस्तो विपदमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नको लागि गाउँपालिकाले घर, पशुपंक्षी तथा म्यादी जीवन बीमा अनिवार्य गराउन तत्कालै पहल गर्नुपर्ने आवश्यकता देखिएको छ, जसको कारणले पिडितले राहात र सहयोगको भर नपरी आफ्नो अधिकारको रकम दाबी गर्ने अवस्था सिर्जना हुन्छ ।’

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त क्षेत्रमा करिब १ लाख रुपैयाँबराबरको राहात समाग्री वितरण गर्न लागेको कम्पनीका गुल्मी शाखा प्रमुख नवीन अर्यालले जानकारी दिए ।

उक्त राहात सामाग्री वितरण कार्यक्रममा सन नेपाल लाइफको प्रतिनिधिको रुपमा वुटवल कलस्टर प्रमुख, गुल्मी शाखा प्रमुख, अभिकर्ता, विपद व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.