शुक्रबार, असार १२,२०८३ 12:45:34
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:45:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितलाई सहयोग प्रदान

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितलाई सहयोग प्रदान

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नं.२, सिदुङ्खामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरुका लागि लगाउने लुगा राहात स्वरुप प्रदान गरेको छ । कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानहरुको क्षति भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत १७ घरपरिवारका करिब ६६ जना सदस्यहरुलाई एक कार्यक्रमका बीच एक एक जोडी लगाउने कपडा प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै सन नेपाल लाइफ इन्स्योरेन्सका बुटवल कलस्टर प्रमुख सन्तोष कुँवर क्षेत्रीले सन नेपाल लाइफ इन्स्योरेन्स सुख वा दुख हरेक परिस्थितिमा सदैव जनताको साथमा रहेको र जोखिम तथा विपदमा आर्थिक सुरक्षा पाउनको लागि सबैले बीमा गर्नेपर्ने बताए ।  

New Office
CG Motors
Garima Development Bank

उनले भने ‘यस्तो विपदमा आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नको लागि गाउँपालिकाले घर, पशुपंक्षी तथा म्यादी जीवन बीमा अनिवार्य गराउन तत्कालै पहल गर्नुपर्ने आवश्यकता देखिएको छ, जसको कारणले पिडितले राहात र सहयोगको भर नपरी आफ्नो अधिकारको रकम दाबी गर्ने अवस्था सिर्जना हुन्छ ।’

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त क्षेत्रमा करिब १ लाख रुपैयाँबराबरको राहात समाग्री वितरण गर्न लागेको कम्पनीका गुल्मी शाखा प्रमुख नवीन अर्यालले जानकारी दिए ।

उक्त राहात सामाग्री वितरण कार्यक्रममा सन नेपाल लाइफको प्रतिनिधिको रुपमा वुटवल कलस्टर प्रमुख, गुल्मी शाखा प्रमुख, अभिकर्ता, विपद व्यवस्थापन समितिका पदाधिकारी तथा विभिन्न सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.