मंगलवार, असार १६,२०८३ 09:37:53
Bizshala
  • मंगलवार, असार १६,२०८३ 09:37:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा असार मसान्तसम्म राति यातायात रोक

Laxmi Sunrise Bank Limited
बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा असार मसान्तसम्म राति यातायात रोक

काठमाण्डौ । मनसुन सक्रिय भएसँगै पहिरो र सडक दुर्घटनाको जोखिम बढेको भन्दै लमजुङ प्रशासनले आजदेखि जिल्लाका दुई प्रमुख सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाएको छ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले असार मसान्तसम्म लागू हुने गरी अत्यावश्यक सेवाबाहेकका सवारीसाधन रातिको समयमा सञ्चालन नगर्ने निर्णय गरेको हो।

New Office
CG Motors
Garima Development Bank

जिल्ला प्रशासनका अनुसार यो निर्णय मनसुजन्य विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो।  

विशेषगरी लगातार वर्षा, पहिरो र सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालन रोकिएको प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि मनाङको सीमा क्षेत्रसम्म हरेक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन बन्द रहनेछ।  

त्यसैगरी, पुष्पलाल मध्यपहाडी लोकमार्गको सुन्दरबजार–भोर्लेटार सडकखण्डअन्तर्गत बीमिरे भञ्ज्याङ क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

यद्यपि, एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई भने पूर्ववत् सञ्चालन गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।  

निर्णयबाट यात्रु तथा स्थानीयलाई पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचनासमेत गरेको छ।

प्रशासनका अनुसार आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा यात्रा गर्दा दुर्घटना र पहिरोको जोखिम अत्यधिक हुने भएकाले यस्तो कदम चालिएको हो।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेषगरी वर्षायाममा सडकमाथिबाट पहिरो झर्ने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिने भएकाले पूर्वसावधानीस्वरूप रात्रिकालीन यातायात नियन्त्रण गरिएको जनाएको छ।

बेँसीसहरदेखि मनाङको सीमा म्यार्दी खोलासम्म करिब ३५ किलोमिटर तथा चामेसम्म करिब ६५ किलोमिटर दूरी रहेको यो सडक मनाङ जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो।  

हरेक वर्ष बर्खायाममा विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने र मनाङका स्थानीय आवतजावतमा सास्ती खेप्न बाध्य हुने गरेका छन्।

कतिपय अवस्थामा सडक लामो समय बन्द हुँदा हेलिकोप्टरमार्फत यात्रा गर्नुपर्ने अवस्था समेत सिर्जना हुने गरेको छ।

त्यसैगरी, राइनास नगरपालिकादेखि मध्यनेपाल नगरपालिका हुँदै कास्की जिल्लाको सीमासम्म फैलिएको मध्यपहाडी लोकमार्गको लमजुङ खण्डमा पनि वर्षायाममा बारम्बार पहिरो जाने समस्या देखिने गरेको छ।  

विशेषगरी मध्यनेपाल नगरपालिका–१० स्थित बीमिरे भञ्ज्याङ पहिरोका कारण सबैभन्दा जोखिमयुक्त क्षेत्रका रूपमा चिनिन्छ।  

यही सडकमार्फत लमजुङ र मनाङका बासिन्दा पोखरा आवतजावत गर्ने भएकाले वर्षायाममा यात्रा गर्दा थप सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.