मंगलवार, असार १६,२०८३ 12:51:40
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:51:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उपत्यकामा २४ घण्टामा १,५९२ सवारीसाधन कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

Laxmi Sunrise Bank Limited
उपत्यकामा २४ घण्टामा १,५९२ सवारीसाधन कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

काठमाण्डौ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा सडक नियम उल्लंघन गर्ने १ हजार ५९२ सवारीसाधनमाथि कारबाही गरेको छ।

उक्त कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार उपत्यकाभित्र विभिन्न स्थानमा गरिएको नियमित तथा लक्षित ट्राफिक चेकजाँच अभियानका क्रममा सवारी नियम उल्लंघन गर्ने चालक तथा सवारीसाधनलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको हो।

ट्राफिक प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै १ हजार ५८ जना चालकलाई विभिन्न सामान्य ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरिएको छ।  

त्यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७३ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

त्यस्तै राइड सेयरिङसम्बन्धी नियम पालना नगर्ने ८७ जना, रातो बत्ती उल्लंघन गर्ने ७४ जना तथा तीव्र गतिमा सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लेन अनुशासन उल्लंघन गर्ने ४७ जना चालकलाई समेत कानूनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।

यसैगरी कालो सिसा प्रयोग गर्ने ८७ जना, नो हर्न क्षेत्र उल्लंघन गर्ने ५६ जना तथा एकतर्फी बाटोमा सवारी चलाउने ३२ जना चालकलाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले उपत्यकामा सडक दुर्घटना न्यूनीकरण र यातायात अनुशासन कायम गर्न नियमित निगरानी तथा कडाइका साथ अनुगमन जारी राखिएको जनाएको छ।

नियम उल्लंघन गर्ने सवारीसाधनमाथि आगामी दिनमा पनि निरन्तर कारबाही हुने चेतावनीसमेत दिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.