Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था, अनलाइनबाटै प्रवेश पास लिन सकिने

Global IME Bank Limited
सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था, अनलाइनबाटै प्रवेश पास लिन सकिने
Nabil Bank Limited

काठमाण्डौ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि सहज व्यवस्था गरेको छ । यसअघि सिंहदरवार प्रवेशका लागि झन्झट तथा भनसुन गर्नु नपर्ने अवस्था रहेकोमा अब भने अनलाइनबाट आवेदन दिएर सिंहदरवार प्रवेश पास लिन सकिने भएको छ ।  

सर्वसाधारणका लागि सिंहदरवार प्रवेश गर्न सहज बनाउने उदेश्यले क्युआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ ।  सिंहदरवार प्रवेश पासका लागि मोबाइल–वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सक्नेछन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।  यसरी उपलब्ध भएको क्युआर कोड सिंहदरवार प्रवेशका लागि देखाउनुपर्ने छ । यस्तो अस्थायी पास अनुरोध १ दिनदेखि ३ महिनासम्मका लागि गर्न सकिनेछ ।

गृह मन्त्रालयका अनुसार दर्ता गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि समावेश गर्नु पर्नेछ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
CG Motors
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.