बुधबार, श्रावण १४,२०८२ 03:28:14
  • बुधबार, श्रावण १४,२०८२ 03:28:14
Global IME Bank Limited

नेप्सेले प्रत्येकबाट २ जना आईटी अफिसरको नाम मागे पछि ब्रोकरमा खैलाबैला !

Hyundai Nepal
नेप्सेले प्रत्येकबाट २ जना आईटी अफिसरको नाम मागे पछि ब्रोकरमा खैलाबैला !
Shivam Cement

काठमाण्डौ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेचेञ्जमा नयाँ नेतृत्व आए पछि ब्रोकरहरु प्रति नियामक केही कठोर बन्दै गएका छन् । नेप्सेले वैशाख १५ गते सबै ब्रोकरहरुलाई एक पत्र लेख्दै आफ्ना २ वटा आईटी अफिसरको नाम पठाउन ७ दिनको समय सीमा दिएको छ ।  

यो पत्रसँगै ब्रोकरहाउसहरुमा खैलाबैला नै मच्चिएको छ । यसै बीच बुधबार स्टक ब्रोकर एसोसियसन अफ नेपालको बैठक सुन्धारास्थित कार्यालयमा बसेको छ । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले एसोसियसनको बैठक बसेको पुष्टि गरे । आईटी अफिसरको विषयमा उनी प्रष्ट भने देखिएनन् । उनले  भने, ‘एक हो वा दुई जना मैले बुझ्नै पर्छ ।’ यसबाट प्रष्ट हुन्छ कि अहिले कुनै पनि ब्रोकरले २ जना आईटी अफिसर राखेका छैनन् ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेले २ जना नै आईटी अफिसरको नाम मागेको बताए । उनले भने, ‘अहिले टीएमएसमा समस्या आउनुको कारण पनि यही नै हो । ब्रोकहरुले आईटीमा खासै ध्यान दिएका छैनन् । समस्या आए पछि नेप्सेले मात्रै गाली खायो ।’ उनले बैंकको उदाहरण दिदैं थपे, ‘बैंकको सिस्टम बिग्रेको खण्डमा बैंककै कमजोरी हुन्छ । नियामक निकाय राष्ट्र बैंकको कमजोरी हुदैन । हाम्रो अवस्थामा पनि त्यही नै हो । ब्रोकरहरुले २ जना आईटी अफिसर राख्नै पर्छ । यही नभएर पनि अहिले टीएमएसमा समस्या आएको हो ।’  

Muktinath Bikas Bank Limited

स्टक ब्रोकर एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले अहिले पनि ब्रोकरहरुले आईटी अफिसर राखेको दाबी गरे । ‘यो पुरानै विषय होला । नियामकले भनेपछि भने ब्रोकरले मान्नु नै पर्छ । ब्रोकरको खर्च बढ्यो भनेर चिन्ता लिने बिषय होइन । नियामकले पनि ब्रोकरहरुका थप आम्दानीका श्रोत पहिचान गरेर आम्दानीका बिकल्प दिनु पर्छ,’ उनले बिजशालासँग भने ।  

अर्का एक ब्रोकरले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अहिले नेप्सेले भने जसरी नै सबै ब्रोकरले २ जना आईटी अफिसर ब्रोकर हाउसमा राखेका छैनन् । यो भनेको निकै खर्चिलो पनि हो । अहिले आउट सोर्सिङ अर्थात टीएमएस कम्पनीका कर्मचारीहरुलाई नै एक कर्मचारीले धेरै ब्रोकरको आईटी हेर्ने गरि व्यबस्था गरिएको छ । जुन ब्रोकरहरुका लागि किफायति पनि छ । तर अब हरेक ब्रोकरले २ वट आइटी स्टाफ राख्न परेमा भने अहिले उधारोले थलिएका ब्रोकरलाई थप बोझ पर्ने छ ।’ ती ब्रोकरले अहिले उच्च कारोबार गर्ने १५ देखि २० ब्रोकरले यो खर्च धान्न सकेपनि सबैले भने यो खर्च धान्न नसक्ने बताए ।  

‘तर नियामकले गर्नै पर्छ भने पछि अन्य बिकल्प पनि रहेन’ ती ब्रोकरले भने । नेप्से स्थित स्रोतले पनि अहिले ब्रोकरहरले आउट सोर्सिङहरुमार्फत नै काम चलाएको र अब यस अघिकै व्यबस्था अनुसार हरेक ब्रोकरले २ जना आईटी अफिसर राख्न भनिएको दाबी गर्यो । यसैगरि धितोपत्र बोर्डले अब ब्रोकरहाउसमा जागिर खान योग्यता र पूँजीबजारसम्बन्धी तोकिएको स्थानबाट तालिम लिएको हुनु पर्ने व्यबस्था गर्ने तयारी गरिरहेको बोर्ड स्रोतले जानकारी दिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.