शुक्रबार, श्रावण १,२०८३ 06:08:56
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 06:08:56
Bizshala
Global IME Bank Limited

'बालेन इफेक्ट'ले लगानीकर्तामा उत्साह, नयाँ आ.ब.को पहिलो दिन नै नेप्सेमा उछाल

'बालेन इफेक्ट'ले लगानीकर्तामा उत्साह, नयाँ आ.ब.को पहिलो दिन नै नेप्सेमा उछाल
New Office

काठमाण्डौ । काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ । नेप्से परिसूचक ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ विन्दुमा कायम भएको छ ।  

साथै सेन्सेटिभ इन्डेक्स समेत आज २.५१ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज म्युचुअल फण्ड समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूह ४.६० प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह २.४१ प्रतिशत, विकास बैंक समूह २.१८ प्रतिशत, फाइनान्स समूह ३.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६६ प्रतिशत, हाइड्रो समूह ४.५८ प्रतिशत, लगानी समूह ४.१२ प्रतिशत, लाइफ इन्स्योरेन्स समूह २.७४ प्रतिशत, माइक्रोफाइनान्स समूह १.८० प्रतिशत, निर्जीवन बीमा समूह २.११ प्रतिशत, अन्य समूह २.७७ प्रतिशत र व्यापार समूह ०.८३ प्रतिशतले बढेको छ ।  

आजको बजारबार नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘नयाँ आर्थिक सुरु भएसँगै बजारको यात्रा पनि सुखद् सुरुवात भएको छ । यसअघि बजारलाई असार मसान्तको दबाब थियो, लगानीकर्तालाई लिमिटमा टाईट भएका कारण लगानी गर्ने अवस्था सहज थिएन । अब बजारलाई दबाब पुग्ने अवस्था सहज भएको छ । लगानीकर्तालाई केही कुराको दबाब सिर्जना हुँदैन । विस्तारै अब भोल्युमसँगै नेप्से इन्डेक्स बढ्दे जानेछ ।’

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउनेमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज रहेको छ । यो कम्पनीको सेयरभाउ १५ प्रतिशत अर्थात् सर्किट लागेर ९६३ रुपैयाँ ७० पैसा पुगेको छ ।  

त्यस्तै, सूर्यकुण्ड हाइड्रोको १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिज लाइन इनर्जीको १२.०६ प्रतिशत, मिड सोलु हाइड्रोको १२.०५ प्रतिशत, सिटी होटलको ११.९५ प्रतिशत, थ्रीस्टार हाइड्रोको १०.९६ प्रतिशत, भुजुङ्ग हाइड्रोको १०.७२ प्रतिशत, नेशनल हाइड्रोको १०.७२ प्रतिशत र हिमस्टार उर्जाको १०.१० प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

सर्वाधिक गुमाउनेमा आत्मनिर्भर लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ १५ प्रतिशतले घटेर ६१२० रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ८.७२ प्रतिशत, आरबीबी फोकस्ड ४० को ६.११ प्रतिशत, एनएमबी हाइब्रिड फण्ड एल–२ को ५.६३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.१७ प्रतिशत, कुमारी डिबेञ्चरको ४.११ प्रतिशत, माईखोला हाइड्रोपावरको ३.९१ प्रतिशत, चिर्ख्वा हाइड्रोको ३.७६ प्रतिशत, महालक्ष्मी विकास बैंक डिबेञ्चरको ३ प्रतिशत र एसबीएल डिबेञ्चरको ३ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.