मंगलवार, असार ३,२०८२ 02:41:13
  • मंगलवार, असार ३,२०८२ 02:41:13
Global IME Bank Limited

हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?

Hyundai Nepal
हाथवे जस्तै रु.५० मै आइपीओ बेच्न तीन कम्पनी पालो कुर्दै, बोर्डबाट होला त स्वीकृत ?
Nabil Bank Limited

काठमाण्डौं । केही समयअघि धितोपत्र दोस्रो बजारमा अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँमै सेयर बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट कम्पनीको निकै चर्चा थियो । सर्वसाधारणलाई ५० रुपैयाँमै सेयर बिक्री गरेको सो कम्पनीको सेयरभाउ दोस्रो बजारमा १८ सय क्रस भएको थियो ।  

सो कम्पनीको आइपीओ पाउने लगानीकर्ताहरु मालामाल बनेका थिए । कम्पनीले २०८० भदौमा आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो ।  

अंकित मूल्य ५० रुपैयाँमै सेयर बिक्री गरेपनि नेपाल धितोपत्र बोर्डको नियमानुसार सर्वसाधारणले २० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । यसर्थ कम्पनीले २० कित्ताका दरले सेयर बाँडफाँड गरेको थियो । हाथवेको सेयरभाउ १८ सय क्रस हुँदा लगानीकर्ताहरुले ३६ हजार रुपैयाँ रिटर्न प्राप्त गरेका थिए ।  

हाथवेको जस्तै तीन कम्पनीले पनि अंकित मूल्य ५० रुपैयाँमै आइपीओ ल्याउँदैछ । फरक–फरक सेक्टरका तीन कम्पनीले ५० रुपैयाँमै आइपीओ बेच्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

होटल तथा पर्यटन समूहतर्फको अकामा होटल लिमिटेड, उत्पादन तथा प्रशोधन समूहतर्फको एभरेष्ट कलर लिमिटेड र अन्य समूहतर्फको नेपाल ब्रोडकास्टिङ च्याननले सर्वसाधारणलाई ५० रुपैयाँमै आइपीओ बिक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् ।  

अकामा होटलले २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । त्यस्तै, एभरेष्ट कलर लिमिटेडले ३ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ८० हजार कित्ता र नेपाल ब्रोडकास्टिङ च्यानलले ५ करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बेच्न बोर्डसँग अनुमति मागेको हो ।  

अकामा होटलले २०८१ साल असार २६ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । साथै एभरेष्ट कलर लिमिटेडले २०८१ मंसिर २८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

यता नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेडले भने २०८१ जेठ २१ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

होला त बोर्डबाट स्वीकृत ?  

नेपाल धितोपत्र बोर्डमा ८० भन्दा बढी कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । तर पछिल्लो समय बोर्डको कार्य कछुवा गतिमा हुँदा कम्पनीहरुले समयमा आइपीओ जारी गर्न पाएका छैनन् । यसबाट सर्वसाधारण लगानीकर्ताहरु सेयरमा लगानी गर्नबाट बञ्चित भएका छन् ।  

यता धितोपत्र बोर्डले भने आफ्नो काम नियमित रुपमा अघि बढाइरहेको दाबी गरेको छ । बोर्डले आइपीओ निष्कासनका लागि अनुमति मागेका कम्पनीहरुको वित्तीय अवस्था नियालेर ९० रुपैयाँ भन्दा कम नेटवर्थ भएका कम्पनीलाई तत्कालै आइपीओ जारी गर्न नदिने पनि जनाएको छ ।  

आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीहरुमा अधिकांश हाइड्रोपावर कम्पनीहरु छन् । निवेदन दिएका अधिकांश हाइड्रो कम्पनीहरुको नेटवर्थ ९० रुपैयाँभन्दा कम भएकाले आइपीओ निष्कासनमा समस्या देखिएको बोर्डले जनाएको छ ।  

धितोपत्र बोर्डका अनुसार ५० रुपैयाँमै आइपीओ बिक्री गर्न लागेको उक्त तीन कम्पनीको नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएमात्रै आइपीओ बिक्री गर्न पाउनेछ । तर धितोपत्र बोर्डको पाइपलाइनमा ८० भन्दा बढी कम्पनी भएकाले उक्त कम्पनीहरुको आइपीओ स्वीकृत तत्कालै नहुने देखिन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.