मंगलवार, श्रावण ५,२०८३ 03:52:07
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:52:07
Bizshala
Global IME Bank Limited

बर्डफ्लुका कारण २७ दिन बन्द हुँदा सदर चिडियाखानालाई तीन करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति

बर्डफ्लुका कारण २७ दिन बन्द हुँदा सदर चिडियाखानालाई तीन करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति
New Office

काठममाण्डौ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म सेवा बन्द हुँदा करिब तीन करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्डफ्लु सङ्क्रमण देखिएपछि गत असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ।

सङ्क्रमण पुष्टि भएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक जैविक सुरक्षा उपाय अवलम्बन गरिएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

सामान्य अवस्थामा दैनिक एक हजार ७०० देखि एक हजार ८०० जनासम्म आगन्तुकले चिडियाखाना भ्रमण गर्ने गरेका थिए। शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार ५०० देखि पाँच हजार जनासम्म आगन्तुक आउने गर्थे। तर पुनः सञ्चालनको पहिलो दिन साउन १ गते भने करिब ८०० जना मात्र चिडियाखाना पुगेका थिए।

हाल चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकबाट रु १००, विद्यार्थीबाट रु १५० तथा अन्य आगन्तुकबाट रु २५० प्रवेश शुल्क लिँदै आएको छ।

चिडियाखानाले गत आर्थिक वर्षमा करिब रु १८ करोड आम्दानी गरेको थियो। चालु आर्थिक वर्ष २०८२८३ मा रु २१ करोड आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय सेवा बन्द हुँदा लक्ष्य हासिल गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।

हाल टिकट काउन्टर बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ भने सबै आगन्तुकले साँझ ५ बजेसम्म चिडियाखाना छाडिसक्नुपर्ने व्यवस्था गरिएको छ। सङ्क्रमण फैलिनुअघि टिकट काउन्टर साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको थियो।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.