मंगलवार, श्रावण ५,२०८३ 04:57:30
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:57:30
Bizshala
Global IME Bank Limited

अबदेखि गम्भीर प्रकृतिका अपराधका मुद्दा अपराध महाशाखाले आफैँ चलाउने

अबदेखि गम्भीर प्रकृतिका अपराधका मुद्दा अपराध महाशाखाले आफैँ चलाउने
New Office

काठमाण्डौ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अब गम्भीर प्रकृतिका अपराधका मुद्दा आफ्नै कार्यालयबाट दर्ता गरी अघि बढाउने अधिकार पाएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवात अर्थात् साउन १ गतेदेखि कार्यालयले अनुसन्धानसँगै मुद्दा चलाउने अधिकार प्राप्त गरेको हो।

सन् २०२३ सालमा केरकार शाखाका रूपमा स्थापना भएको यो प्रहरी युनिटले करिब ६ दशकसम्म अपराध अनुसन्धान र आरोपी पक्राउ गर्ने काम गर्दै आए पनि मुद्दा प्रक्रिया भने जिल्ला प्रहरी परिसरमार्फत अघि बढाउँदै आएको थियो। अब भने अनुसन्धान गर्ने र मुद्दा चलाउने दुवै जिम्मेवारी कार्यालयकै मातहतमा आएको छ।

यसअघि उपत्यका अपराध अनुसन्धान कार्यालयले गम्भीर अपराधका आरोपी पक्राउ गरेपछि मुद्दा प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ, भद्रकाली पठाउने गरेको थियो। परिसरले त्यसपछि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउँदै आएको थियो।

नयाँ अधिकार प्राप्त भएसँगै काठमाडौं प्रहरी परिसरको जिम्मेवारी केही सीमित हुने भएको छ। अब उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान प्रतिवेदन तयार गरी अदालती प्रक्रियाका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाउनेछ।

केरकार शाखाका रूपमा स्थापना भएको यो कार्यालय समयक्रमसँगै विभिन्न नाम र संरचनामा परिवर्तन हुँदै आएको छ। २०४३ सालमा यो तत्कालीन अञ्चल प्रहरी कार्यालय वाग्मतीअन्तर्गतको केरकार शाखामा परिणत भएको थियो। त्यसपछि २०५१ सालमा उपत्यका अपराध अनुसन्धान शाखाका रूपमा पुनर्संरचना गरिएको थियो।

२०६३ सालमा यही कार्यालयलाई महानगरीय प्रहरी अपराध महाशाखाको नाम दिइयो भने २०७८ सालदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयका रूपमा सञ्चालन हुँदै आएको छ।

यसअघि आफ्नै भवन नहुँदा विभिन्न स्थानमा भाडाका भवनबाट सञ्चालन हुँदै आएको कार्यालय अहिले आफ्नै भवनबाट सञ्चालनमा आएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सात प्रकारका गम्भीर अपराधमा अनुसन्धान र मुद्दा प्रक्रिया आफैँ अघि बढाउने अधिकार पाएको छ।

जुन यसप्रकार छन्ः

हातहतियार तथा खरखजना सम्बन्धी कसुर

विस्फोटक पदार्थ सम्बन्धी कसुर

व्यक्ति हत्या तथा बेपत्ता सम्बन्धी कसुर

अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर

डाँका चोरी

मुद्रा सम्बन्धी अपराध

एक करोड रुपैयाँभन्दा माथिको ठगी

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.