बिहीबार, असार ११,२०८३ 11:24:14
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:24:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल लाइफले लगानी विविधिकरण गर्ने रणनीति लिएको छः सीईओ पराजुली

Laxmi Sunrise Bank Limited
नेपाल लाइफले लगानी विविधिकरण गर्ने रणनीति लिएको छः सीईओ पराजुली

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले कम्पनीले लगानी विविधिकरणलाई जोड दिइ अगाडी बढीरहेको बताएका छन् ।  

कम्पनीको २३औं वार्षिकोत्सवको अवसरमा सीइओ पराजुलीले शुभकामना तथा सन्देशमूलक भिडियोमार्फत सम्पूर्ण ग्राहक तथा बीमित, अभिकर्ता, नियामक निकाय, सेयरधनी तथा कर्मचारीहरुलाई शुभकामना व्यक्त गर्दै लगानी नीतिअनुसार विविधिकरणमा जोड दिएको वा लगानी विशिष्टकृत बनाउने रणनीति लिएको बताए ।  

लगानी विविधिकरणलाई जोड दिदैं नेपाल लाइफले आफ्नो सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको समेत सैद्दान्तिक सहमति प्राप्त गरिसकेको पराजुलीले बताए । 

New Office
CG Motors
Garima Development Bank

यो वर्षमा कम्पनीले विशेष कुराहरुलाई फोकस गरेर अगाडी बढी रहेको पराजुलीले बताए । ‘सबैभन्दा पहिला संस्थाले इन्नोभेटिभ प्रडक्टहरुलाई विशेष प्राथमिकता दिई अगाडी बढ्नेछ, मार्केट सुहाउँदो मूल्यमा बीमा प्रडक्टहरु बिक्री गर्ने कम्पनीको विशेष प्राथमिकता रहनेछ’ उनले भने, कम्पनीले डिजिटल ट्रान्सफरमेसनको विशेष प्रोजेक्ट अनबोर्ड गरेर अगाडी बढिरहेको छ, जसले ग्राहकको सेवा सुविधालाई विशेष प्राथमिकता दिनेछ ।’

यसका साथै डिजिटल ट्रान्सफरमेसन प्रोजेक्टले बीमा अभिकर्ताहरुले कसरी टेक्नोलोजीको प्रयोग गरेर व्यवसाय बृद्धि गर्न सक्ने, संस्थाले आफ्नो कस्ट अफ अपरेसनलाई घटाउने वा रिस्कलाई कम गर्ने भन्ने कुरा समेत समेट्ने रिजालले बताए ।  

‘योसँगै संस्था संञ्चालनको प्रभावकारीताको हिसाबले कम्पनीले कसरी नाफा आर्जन गर्छ त्यसकै आधारमा स्टेकहोल्डरहरुलाई प्रतिफल वितरण गर्ने भन्ने कुरा यो प्रोजेक्टले समेट्नेछ’ उनले भने ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.