मंगलवार, असार ३,२०८२ 10:19:54
  • मंगलवार, असार ३,२०८२ 10:19:54
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि ५ जना सर्टलिस्टेड, को–को परे ?

Hyundai Nepal
नेपाल पुनर्बीमा कम्पनीको सीईओका लागि ५ जना सर्टलिस्टेड, को–को परे ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि  ५ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् । कम्पनीको सीईओ छनौट तथा सिफारिस समितिले ५ जना उम्मेदवारको नाम सर्टलिस्ट गरेको हो ।  

सीईओ पदका लागि दरखास्त आवेदन दिएका मध्येबाट दामोदर भण्डारी, नारायणकुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा सर्टलिस्टमा परेका छन् । कम्पनीले गत फागुन ७ गते रिक्त रहेको सीईओ पदका लागि २१ दिने दरखास्त आह्वान गरेको थियो । दरखास्त आवेदन दिएका आवेदकमध्येबाट उम्मेदवारको शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने ५ जना उम्मेदवारलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि छनौट गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्टलिस्टमा परेका ५ जना उम्मेदवारहरूका लागि कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको स्थान र मिति समेत तोकिएको छ । उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तरवार्ता आगामी जेठ ११ गते काठमाण्डौको थापाथलीस्थित नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा हुनेछ ।  उम्मेदवारहरुलाई आफूले पेश गरेका सम्पूर्ण कागजातहरुको सक्कल प्रति साथमा लिई आउनु पर्नेछ र दरखास्त फाराम साथ पेश गरेको व्यावासयिक कार्ययोजना नै प्रस्तुतीकरण गर्नुपर्ने छ ।  

५ जना उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनको आधारमा एक जनालाई सीईओ नियुक्त गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.