Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सूचीकृत सेयरमा लगानी बढाउँदै नेको, कमर्सियल बैंकमा मात्रै ६ करोड बढी

Global IME Bank Limited
सूचीकृत सेयरमा लगानी बढाउँदै नेको, कमर्सियल बैंकमा मात्रै ६ करोड बढी
Nabil Bank Limited

काठमाण्डौ । सेयरधनीहरुको हात रित्तो बनाएको नेको इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएको छ ।  

कम्पनीको प्रतिवेदनअनुसार नेको इन्स्योरेन्सले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर कम्पनी, म्युचुअल फण्डका इकाई र अन्य कम्पनीको सेयरमा लगानीको दायरा बढाएको छ ।  

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा यस्ता कम्पनीहरुको सेयरमा कुल ५९ करोड ५१ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ । यो लगानी आर्थिक वर्ष २०७८/७९ को तुलनामा ६७.१० प्रतिशतले बढी हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आर्थिक वर्षमा कम्पनीले सूचीकृत सेयरमा ३५ करोड ६१ लाख ७५६ हजार रुपैयाँ कुल लगानी गरेको थियो । कम्पनीले गत वर्ष मात्रै ९ वटा कम्पनी र तीन म्युचुअल फण्डको इकाईमा लगानी थपेको छ ।  

त्यस्तै, अघिल्लो वर्ष लगानी गरेको युनिलिभर नेपालबाट भने कम्पनी बाहिरिएको छ । गत वर्ष मर्जरमा गएका साबिकका बैंकहरु सेञ्चुरी कमर्सियल बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकबाट पनि कम्पनी बाहिरिएको प्रतिवेदनमा देखिएको छ । 

 

साबिक सेञ्चुरी कमर्सियल बैंकको लगानी प्रभु बैंकको सेयरमा बृद्धि भएको देखिएको छ, भने साबिक नेपाल बंगलादेश बैंकको सेयर नबिल बैंकमा रुपान्तरण भएको छ ।  

साथै गत आर्थिक वर्षमा नेको इन्स्योरेन्सले नेष्डो समृद्ध लघुवित्त, सुर्योदय वोमी लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, युनिभर्सल पावर, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, सिटिजन्स सुपर–३०, आरबीबी म्युचुअल फण्ड–२ र सानिमा ग्रोथ फण्डको इकाईमा लगानी थप गरेको छ ।  

कुन क्षेत्रमा कति बढायो लगानी ?  

नेको इन्स्योरेन्सले गत वर्षमा मात्रै ७ वटा वाणिज्य बैंकको सेयरमा कुल ६ करोड ४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा यो लगानी ६७.८२ प्रतिशतले बढी हो ।

त्यस्तै, यता विकास बैंक र वित्तीय संस्थाहरुमा कुल १ करोड ६२ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष यस्ता संस्थाहरुमा कम्पनीले ८५ लाख ६ हजार रुपैयाँ लगानी गरेको थियो । गत वर्ष मात्रै कम्पनीले दुईवटा लघुवित्त संस्थामा लगानी थपेको छ ।  

साथै कम्पनीले चारवटा हाइड्रोपावर कम्पनीमा कुल १ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले गत वर्ष दुईवटा हाइड्रोपावरमा लगानी थपेको छ । साथै कम्पनीले अन्य कम्पनीहरुमा हिमालयन डिष्टिलरीको सेयर थप गरेको छ, भने युनिलिभर नेपालको सेयर बिक्री गरेको छ ।  

यता, कम्पनीले गत वर्षमा कुल ८ वटा म्युअुल फण्डको इकाईमा ४ करोड ८ लाख ५२ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ६६.५६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ५ वटा म्युचुअल फण्डमा कुल २ करोड ४५ लाख २५ हजार रुपैयाँ लगानी गरेको थियो ।  

कस्तो कम्पनीमा लगानीको दायरा बढाउला ?  

प्रतिवेदनअनुसार कम्पनीले कमर्सियल बैंकहरुको सेयरमा बढी लगानी गरेको देखिन्छ । अन्य कम्पनीको तुलनामा वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने र प्रतिफल पाउने बढी सम्भावना हुँदा लगानी बढी भएको कम्पनीका सीईओ अशोककुमार खड्काले बताए ।  

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीले अब चुक्तापुँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएको छ । कम्पनीले आगामी दिनमा सूचीकृत कम्पनीको सेयरमा लगानी बढाउँदै जाने सीईओ खड्काले बताए ।  

उनकाअनुसार धितोपत्र दोस्रो बजारको विश्लेषण गरी दीर्घकालिन लगानीका लागि उपयुक्त हुने कम्पनीहरु लगानीको लागि छनोट गरिनेछ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.