Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि

Global IME Bank Limited
नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा २०८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड २१ लाख २१ हजार १११ रुपैयाँ घाटा व्यहोरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको घाटा २ करोड ९९ लाख ९ हजार ३७४ रुपैयाँ थियो ।  

समीक्षा अवधिमा कम्पनीको आम्दानी वृद्धि भएको छ । कम्पनीले यो अवधिसम्म ६६ लाख १७ हजार बढी आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३२ लाख ४६ हजार बढी आम्दानी गरेको थियो ।  

कम्पनीको खर्च १२२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड ४२ लाख रहेको कम्पनीको खर्च दोस्रो त्रैमाससम्ममा बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १३.४० रुपैयाँ ऋणात्मक,प्रतिसेयर बजार मूल्य ७९१.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात ५९.०५,प्रतिसेयर नेटवर्थ ९७.२३ रुपैयाँ कायम भएको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.