मंगलवार, असार ३,२०८२ 12:03:58
  • मंगलवार, असार ३,२०८२ 12:03:58
Global IME Bank Limited

३ वर्षदेखि सेयरधनीलाई बोनस नदिएको नेपाल लाइफले कर्मचारीका लागि खर्चियो रु.१.४ अर्ब, १२६% बढायो बोनस

Hyundai Nepal
३ वर्षदेखि सेयरधनीलाई बोनस नदिएको नेपाल लाइफले कर्मचारीका लागि खर्चियो रु.१.४ अर्ब, १२६% बढायो बोनस
Nabil Bank Limited

काठमाण्डौ । विगत ३ वर्षदेखि सेयरधनीहरुलाई बोनस नबाँडेको नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीहरुलाई बाँड्ने बोनस भने १२६.७१ प्रतिशतले बढाएको छ ।  

कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीहरुलाई २५ करोड १ लाख रुपैयाँ बोनस वितरण गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले कर्मचारीहरुलाई जम्मा ११ करोड ३ लाख रुपैयाँ मात्रै बोनस वितरण गरेको थियो ।  

कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि सेयरधनीलाई बोनस बाँडेको छैन । उक्त आवमा कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । यसका साथै आव २०७८/७९ मा भने कम्पनीले कुनै खालको लाभांश बाँडेको थिएन ।  

सो वर्षमा कम्पनीले एफपीओ र हकप्रद सेयर लिलामीमा प्राप्त प्रिमियम वापतको १ अर्ब २ करोड रुपैयाँ सरकारलाई राजश्व बुझाएको थियो । जसकारण कम्पनीले आव २०७८/७९ मा सेयरधनीहरुलाई कुनै खालको लाभांश बाँडेको थिएन ।  

त्यस्तै, कम्पनीले गत आवको मुनाफाबाट भने आफ्ना सेयरधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ । विगत ३ वर्षयता कम्पनीले सेयरधनीलाई बोनस वितरण नगरी नगद मात्रै बाँड्दै आएको छ ।  

सेयरधनीहरुलाई बोनस बाँड्न नसकेपनि कम्पनीले आफ्ना कर्मचारीलाई भने उत्कृष्ट बोनस वितरण गरेको छ । बोनससँँगै कम्पनीले कर्मचारी तलब, चाडपर्व भत्ता लगायत विभिन्न सुविधामा खर्चिने रकम भने बढाएको छ ।  

कम्पनीले कर्मचारीको तलब समेत ९.१६ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ४४ करोड ६३ लाख रुपैयाँ तलब बाँडेको कम्पनीले गत आवमा भने ४८ करोड ७१ लाख रुपैयाँ तलब वितरण गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै चाडपर्व भत्ता पनि ३०.२५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले दशैं र तिहार जस्तो ठूलो पर्वमा कर्मचारीलाई बाड्ने भत्ता पनि बढाएको हो । गत आवमा कम्पनीले यस्तो शिर्षकमा ३ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ६ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।  

त्यस्तै, कम्पनीले गत आवमा सामाजिक सुरक्षा कोष शिर्षकमा २ करोड ८९ लाख, ग्रेज्युटी शिर्षकमा ८ करोड २८ लाख, विदा भत्ता शिर्षकमा ४ करोड २२ लाख, कर्मचारी तालिमका लागि १ करोड ४३ लाख र कर्मचारीको स्वास्थ्य उपचारका लागि १० हजार रुपयाँ खर्च गरेको छ ।  

यसका साथै कर्मचारीहरुको स्वास्थ्य तथा दुर्घटना बीमा वापत १ करोड ४८ लाख रुपैयाँ र कर्मचारी उत्प्रेरणा तथा हौसलाको लागि १ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।  

यसरी कम्पनीले गत आवमा मात्रै कर्मचारी सुविधाका लागि कुल १ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६.८५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी सुविधाका लागि ८२ करोड रुपैयाँ मात्रै रकम खर्च गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.